अजरबैजानका तीन ओटा जेट विमान खसालिदिएको अर्मेनियाको दाबी
एएनआई,
प्रकाशित २०७७ असोज १७ शनिबार
368
Shares
यारेभिन, अर्मेनिया। नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा शनिबार बिहान अर्जेन्टिनाका तीन ओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ। अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो। यसअघि अर्मेनियाले अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको जनाएको थियो।
उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो। त्यसपछि जेट विमान झारिएको यो पछिल्लो जानकारी आएको हो।अर्मेनियाको रक्षा मन्त्रालयले शनिबार बिहान यहाँको स्थानीय समयानुसार अजरबैजानको जेट विमानलाई खसालिएको जनाएको हो।
उक्त विज्ञप्तिमा यहाँको रक्षा मन्त्रालयले भनेको छ– शनिबार बिहान करिब ८ः२५ तिर एक र ८ः४६ तिर अरु दुइ ओटा गरी हामीले शत्रुका तीन ओटा जेट विमान खसालिदिएका छौँ। रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपानियानले फेसबुक पेजमा सो कुरा लेखेका छन्। उनले उक्त क्षेत्रको दक्षिणी भूभागमा आएका ती विमानहरु खसालिएको जनाएका छन्। सो क्षेत्रमा शनिबार बिहान पनि द्धिपक्षीय भिडन्त जारी नै छ।