arrow

ब्रेक्जिट सम्झौताबारे जोनसन आशावादी

logo
एएफपी,
प्रकाशित २०७७ असोज १७ शनिबार
Johnson-britain-brexit.jpg

लन्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्सिटसम्बन्धी सम्झौता हुनेमा आफू ‘आशावादी’ भएको बताएका छन्। यूरोपेली संघ (ईयू) प्रमुख उर्सुला भोन डेर लेयेनसँग शनिबार वार्ताको तयारी भइरहेका समय उनको यो भनाइ आएको हो।

जोनसनले बेलायती देनिक पत्रिका टेलिग्राफलाई भने, “सम्झौता बिना नै बाहिरिने सम्भावनाबाट जोगिन यदि सबैले विवेक प्रयोग गर्दा सहमति बन्न सक्छ। बेलायतको तर्फबाट आफू सम्झौता हुनेमा विश्वस्त रहेको उनको धारणा थियो।

बेलायत र ईयूका वार्ताकर्ताहरूले भने शुक्रबारको व्यापार वार्ता प्रमुख क्षेत्रहरुमा गतिरोध बन्न गएको र यस वर्षको अन्त्यमा ‘नो डिल’ हुनबाट जोगिनको लागि लन्डनले ब्रसेल्सलाई आग्रह गरेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ