arrow

कोरोना भाइरसः भारतमा फेरि बढे संक्रमितभन्दा मुक्त हुने 

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
corona-india-86-years-win.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या दिनानुदिन बढिरहे पनि शनिबार संक्रमित थपिने भन्दा कोरोनामुक्त हुने बढेका छन् ।

१० दिन निरन्तर कोरोनाका संक्रमित भन्दा मुक्त हुनेहरु बढिरहँदा बुधबार,  बिहीबार र शुक्रबार निरन्तर संक्रमित बढे पनि शनिबार भने ६ हजार बढी मानिस संक्रमित भन्दा मुक्त भएका छन् । 

शनिबार ७५ हजार ४७९ जना संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा संक्रमितको संख्या ६५ लाख ४७ हजार ४१३ संक्रमित पुगेका छन् । 

शनिबार ८१ हजार ६५५ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार ७६ हजार ३३९ जना संक्रमणमुक्त भएका थिए । हालसम्म ५५ लाख ६ हजार ७३२ जना संक्रमणमुक्त भएका छन् । 

हाल ९ लाख ३७ हजार ९४२ जना सक्रिय संक्रमित रहेका छन् । 

मृतक १ लाख १ हजार ८१२ पुगेका छन् । शनिबार ९३७ जना थपिएका छन् ।  

संक्रमित रोकिने लक्षण नभए पनि भारतमा चलचित्रका थिएटरसम्म खोल्ने योजनामा सरकार पुगिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ