arrow

पाकिस्तानको उत्पिडन सहिरहेको बलुचिस्तानका लागि आवाज उठाउन विश्व समुदायलाई आग्रह

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज १८ आइतबार
balochistan-map-pak.jpg

काठमाडौं । सन् १९४८ को मार्च २७ देखि बलुचिस्तानका स्थानियहरुविरुद्ध पाकिस्तानले अत्याचार र उत्पिडन गर्दै आएको आरोप बलुच अधिकारकर्मीहरुले लगाउँदै आएका छन् । पाकिस्तानले बलुचिस्तानलाई जबरजस्ती कब्जा गरेदेखि त्यहाकाँ नागरिकहरुले अधिकारका लागि आवाज उठाउन नसक्दा विश्वको आँखाबाट बलुचिस्तान ओझेलमा पर्दै आएको छ।

संयुक्त राष्ट्रसंघले समेत बलुचिस्तानका नागरिहरुमाथिको उत्पिडनका बारेमा पहल गर्न सकेको छैन् । पाकिस्तानी सैनिकले बलुचिस्तानमा मानवजातीविरुद्ध घातक शोषण र दमन गरेपनि त्यहाँ विश्वलाई छिर्न नदिन विश्व शक्तिको सेवामा पाकिस्तान लागि परेको अधिकारकर्मीहरुको गुनासो छ । मानवअधिकारका लागि कुनै पनि किसिमको कदम नचाल्ने राष्ट्रका पीडितहरुको पीडा सहने बानी विश्व समुदायलाई भइसकेको त्यहाँका अधिकारकर्मीहरुको दुखेसो छ।

विश्वको सबै आवाजहरुको प्रतिनिधित्व गर्ने संयुक्त राष्ट्रसंघले समेत जबरजस्ती वेपत्ता गर्ने, अपहरण गर्ने एवं शोषणमा पारेका बलोचका नागरिकहरुका हकमा कुनै किसिमको उल्लेख्य काम गर्न नसकेको टिप्पणी हुँदै आएको छ । यसोहुँदा पाकिस्तानलाई बलुचिस्तानमा मानवताविरोधी घटनाहरुलाई निरन्तरता दिन झनै प्रोत्साहन थपिँदै आएको छ ।

बलुचिस्तानमा पाकिस्तानी मानवअधिकार विरोधी घटनाहरु गोप्य भने छैनन्, किनकी त्यहाँको सर्वोच्च अदालतले समेत प्रधानमन्त्री, खुफिया एजेन्सीहरु, सेना फ्रन्टियर फोर्सद्वारा भएका मानवधिकार उल्लंघन र हत्या, बलात्कार एवं अपरहणजस्ता घटनाहरुमाथि शोक व्यक्त गर्छ ।

प्रधानन्यायधिसले यस्ता घटनाहरुलाई रेकर्डमा राखेका छन्, आरोपीहरुलाई अदालतसम्म बोलाएका छन्, तर पनि यस्ता घटनाहरु निरन्तर बढ्दैछन्, घटिरहेका छैनन् ।

संयुक्त राष्ट्रसंघको एक समुह जबरजस्ती वेपत्ता पारिएकाहरुको लागि काम गर्न आएका बेला, पाकिस्तानले घटना लुकाउन वेपत्ता पारि क्रुर हत्या भएकाहरुको शव व्यवस्थापन गरिदिने गरेको छ ।

पाकिस्तानले अर्का पटक यहाँ बलात्कार, हत्या, जबरजस्ती वेपत्ताजस्ता घटनाहरुको विषयमा अनुसन्धान गर्न कोही नओस र घटना निरन्तर भइरहन सकोस भनेर यस्तो प्रपञ्च गरेको बलुच अधिकारकर्मीहरुको भनाई छ ।

विश्व र संयुक्त राष्ट्र संघले बालोचका मानिसहरु विरुद्ध भइरहेको अत्याचारको विषयलाई बेवास्ता गरिरह्यो भने पाकिस्तानले गरेको नरसंहारमा सहभागी हुनु सरह हुने अधिकारकर्मीहरु बताउँछन् ।

अल्पसंख्यकमाथि भएको दमन र अत्याचारको विषयमा विश्वले थाहा पाउने गरि आवाज उठाउँनै पर्ने उनीहरुको कथन छ । बाह्य सहयोग बिना नै अहिले बालोचका नागरिकहरु आफैले आफ्नो अधिकारका लागि आवाज उठाउन थालेका छन् । तर पाकिस्तानको संगठित प्रयास विरुद्ध उनीहरुको आवाज मसिनो मात्र सुनिने गरेको छ ।

विश्वको नजरबाट लुकेको अवस्थामा रहेको बलुचिस्तान अहिले गम्भीर मानवीय संकटमा रहेको छ । पाकिस्तानको कब्जामा रहेको बलुचिस्तानमा पाकिस्तानी सेनाहरुले मानवताको धज्जी उडाएका छन् । बलुचिस्तानका कुनै पनि यस्ता घटनाहरु बाहिरिन पाउँदैननन् किनकी त्यहाँ मिडिया ब्ल्याकआउट गरिएको छ ।

विगत १० वर्षदेखि बलुचिस्तानमा शान्त विरोध प्रदर्शन हुँदै आएको छ । त्यहाँका नागरिकहरुले पाकिस्तानी सरकारी एजेन्सीहरु एवं सेनाहरुबाट जबरजस्ती अपहरणमा पारिएका र हत्या भएकाहरुका लागि न्याय माग्दै प्रदर्शन गर्दै आएका छन् । हालसम्म बलुचिस्तानबाट ४० हजार राजनीतिक एवं सामाजिक कार्यकर्ताहरु अपहरित भएका छन् भने विगगतका वर्षहरुमा हजारौंको हत्या भइसकेको छ।

यो क्षेत्रमा पाकिस्तानले अन्तर्राष्ट्रिय मानवधिकार संघसंगठनहरुलाई प्रवेश गर्न दिएको छैन् । त्यसकारण बलोचहरुमाथि अन्तराष्ट्रियस्तरमा कुनै सहयोग हुन सकेको छैन्। अहिले स्थानिय अधिकारकर्मीहरुले संसारका सभ्य तथा लोकतान्त्रिक देशहरुलाई आफनो माग सुनिदिन आग्रह गरेका छन् । उनीहरुले बलुचिस्तानमा भइरहेको उत्पिडनविरुद्ध आवाज उठाइदिन र कम्तिमा बाँच्न पाउँने अधिकार दिलाइदिन आग्रह गरेका छन् । (समाचार लण्डन निर्वासनमा रहेका बलुच राजनीतिक र मानवधिकारकर्मी रियाज बलोचको लेखमा आधारित रहेको छ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ