arrow

जनजीवन सामान्य बनाइएको बेलायतमा अकस्मात बढे संक्रमित, अहिलेसम्मकै बढी

logo
एएनआई,
प्रकाशित २०७७ असोज १८ आइतबार
corona-england.jpg

लन्डन । बेलायतमा फेरि पनि कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढ्न थालेको छ ।  लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । 

गएको शुक्रबार मात्र यहाँ ७ हजार १४३ जना संक्रमित भेटिएकोमा यहाँ गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा संक्रमित भेटिएका हुन् ।

तर पनि यहाँका स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ । 

यहाँ हरेक दिन ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिएका बताइएको छ । यहाँ अहिलेसम्मका संक्रमितको संख्या ४ लाख ८० हजार १७ जना पुगेको छ । केही समययतादेखि देखिएका यहाँका संक्रमितहरुमा शनिबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि संक्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको छ ।  

लन्डनमा कोभिड १९ को अवस्था सामान्यजस्तो देखिएकोले यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो । तर पनि गएका केही हप्तादेखि यहाँ ठूलो संख्यामा संक्रमितहरु देखिएका छन् । 

बेलायतमा यो संक्रमणको दोस्रो वेभ आएको बताइएको छ । त्यसैले यहाँका कतिपय सार्वजनिक सेवाहरुमा पनि कडाई गरिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ