arrow

अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा चामत्कारिक सुधार

logo
प्रकाशित २०७७ असोज १९ सोमबार
donald-trump.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थामा चामत्कारिक सुधार भइरहेको अस्पतालले जनाएको छ । ७४ वर्षे उनको स्वास्थ्यमा चामत्कारिक सुधार भएसँगै उनी सोमबारै अस्पतालबाट डिस्चार्ज हुन सक्ने समेत बताइएको छ । 

उपचारमा सलग्न डा। सिन कोन्लेले कोरोना पुष्टि भएयता राष्ट्रपतिको अक्सिजन लेभल घटेसंगै अक्सिजन दिएको र डेक्सामेथासोन नामक स्टेरोइड चलाइएको बताएका छन् । ट्रम्पलाई गत शुक्रबार अस्पताउन लैजानुअघि नै मिश्रित औषधियुक्त इन्जेक्सन दिइएको थियो । साथै चिकित्सकहरुले रेमडेसिभिर एन्टिभाइरल औषधी पनि चलाएका थिए । 

दोस्रो पटक रेमडेसिभिरको डोज दिएपछि किड्नी र लिभर सामान्य अवस्थामा आएको बताइएको छ । उनको दुई पटक अक्सिजनको लेभल घटेको थियो । 

उनले मेरिल्यान्ड मिलिटरी अस्पतालमा उपचार चलिरहेको छ । उनकी कोरोना संक्रमित पत्नी मेलानिया भने ह्वाइट आउसमै क्वारेन्टिनमा छिन् । 

ट्रम्पको शनिबार भने स्थिति निकै नै गम्भीर भएको थियो । उनलाई शुक्रबारदेखि नै रुघाखोकी छैन । 

यसअघि अलग अलग बयानका कारण उनको स्वास्थ्यमा विभिन्न अड्कलबाजी काटिएको थियो । शनिबार मात्रै तीन वटा बयान आएका थिए । 

आगामी ४८ घण्टा भने उनका लागि गम्भीर घडी रहेको बताइन्छ । 

ट्रम्पको चुनावी अभियानमा भने कुनै घटबढ गरिएको छैन । आगामी नोभेम्बर ३ तारिखमा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ