arrow

पाकिस्तानमा ३ बर्षे बालकमाथि मुद्धा चलाइएको बिषय राष्ट्रसंघमा उठ्यो

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज १९ सोमबार
Pakistan-Flag.jpeg

काठमाडौं। संयुक्त राष्ट्रसंघमा दक्षिण एशियाका दुई छिमेकी भारत पाकिस्तानको शत्रुतापूर्ण सम्बन्ध देखिने गरेको छ। एकले अर्कामाथि प्रहार राष्ट्रसंघका वैठकमा हुँदै बएको छ। एकले अर्कालाई कमजोरीमा प्रहार गर्दै पनि आएका छन् । लामो समयदेखि भारतलाई तोकेर अनेकौं किसिमका आरोपहरु लगाउँदै आएको पाकिस्तालाई भारतले आफ्नोतर्फबाट जवाफ दिदै आएको छ । 
पाकिस्तान पनि मौका पाउँदा आक्रामक छवी देखाउँदै आएको छ । भारतलाई तोकेर पाकिस्तानले  घटनाहरु र एजेण्डाहरु अघि सार्दै आएका बेला भारतले त्यसको जवाफ दिने गरेको मिडियाहरुमा देखिने गरेको छ । 

संयुक्त राष्ट्र संघको मानवधिकार परिषद्को ४५ औं सम्मेलनमा बोल्दै भारतीय सचिव विमर्स आर्यनले पाकिस्तानले प्रत्येक अन्तराष्ट्रिय सन्धि उल्लंघन गर्दै अल्पसंख्यकमाथि शोषण गर्नुभन्दा पनि एक असल छिमेकीका रुपमा स्थापित हुनु पर्ने बताएका छन् ।

आर्यनले दक्षिण एसियाली क्षेत्रमा शान्तिको वातावरण सिर्जना नहुनुको श्रेय पाकिस्तानलाई जाने आरोप लगाए । उनले भनेका छन् “म भियना घोषणापत्र र एक्सन प्रोग्राम वीडीपीएलाई अनुरोध गर्न चाहन्छु कि पाकिस्तानले प्रत्येक अन्तर्राष्ट्रिय सन्धीको उल्लंघन र अल्पसंख्यकमाथिको दमनलाई छोडेर सहिष्णुताका साथ एक असल छिमेकीका रुपमा स्थापीत हुन जरुरी छ ।”

दक्षिण एसीयाली क्षेत्रमा अनन्त शान्तिका लागि पाकिस्तानले फेरिनु एवं मानवधिकारको उल्लंघन रोक्नु अत्यावश्यक रहेको उनले बताए । पाकिस्तानले भारतलाई बदनाम गर्नका लागि अनेकौं एजेण्डाहरु उचालेर संयुक्त राष्ट्र संघको मानवधिकार परिषद्मा गर्ने तथ्यहिन गतिविधिहरु काम नलाग्ने उनको भनाइ छ ।

अरुलाई दोष दिनुभन्दा, पाकिस्तानले अल्पसंख्यकको अधिकारका बारेमा बोल्न थाल्नुपर्छ । उनले भने, “मानवाधिकार परिषद्ले अल्पसंख्यको अधिकारका लागि कुरा अघि सार्दा पाकिस्तान बोल्न डराउँछ ।”

हालै मात्रै पाकिस्तानले धार्मिक मुद्धा लगाउँदै एक क्रिश्चियन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । महिला अधिकारका विषयमा परिषद्ले आवाज उठाउँदा समेत पाकिस्तान चुप लाग्ने गरेको छ । पाकिस्तानमा हालैमात्रै परशु कुमारी नाम गरेकी एक युवतीलाई जबरजस्ती धर्म परिवर्तन गराएर एक अपहरणकारीसँग पाकिस्तानको सिन्ध प्रान्तमा विवाह गराइएको तथ्य भारतले वैठकमा राखेको थियो ।

बालअधिकार, प्रजातन्त्र लगायतका कुराहरु अघि सार्दा पाकिस्तान बोल्न डराउँछ, यसको खुला अर्थ हो कि पाकिस्तान उत्पिडन, हिंसा र अत्याचारलाई निरन्तरता दिन खोजिरहन्छ । 
हालैमात्रै सहिद साह नामक एक ३ वर्षीय बच्चाविरुद्ध पाकिस्तानी प्रहरीले विचित्र किसिमको मुद्धा दर्ता गरेको छ । पत्रकारको अधिकारका बारेमा कुरा परिषदले आवाज उठाउँदा पाकिस्तान बोल्दैन। हालै मात्र बिलाल फराकीलाई पाकिस्तानी आर्मीले कराचीमा दमन गरेको थियो ।

“आतंकवादका बारेमा जब कुरा उठ्छ पाकिस्तान बोल्दैन, बहुराष्ट्रिय समुदायमाथिको सुरक्षाको जिम्मा पाकिस्तानले लिँदैन र पाकिस्तान कथितरुपमा आतंकवादलाई साथ दिँदै आएको छ,” आर्यनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ