arrow

तीन वैज्ञानिकलाई नोबेल पुरस्कार, रकम बाँडिने

logo
प्रकाशित २०७७ असोज १९ सोमबार
nobel-prize.jpg

स्टकहोम ।  सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ ।

कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो ।  

यो वर्षको एक करोड स्वीडिस क्रोना (करिब एघार लाख २० हजार ) नोबेल पुरस्कार पुरस्कृत तीनै व्यक्तित्वलाई बराबर बाँडिने नोबेल पुरस्कार प्रतिष्ठानले बताएको छ । 

उनीहरूको अनुसन्धानका कारण इतिहासमा पहिलो पटक विश्वमा हेपाटाइटिस सी निको पार्न सकिने भएको छ । 

सन् २०२० को चिकित्साशास्त्रको पुरस्कारबाट सम्मानित हुने घोषणा गरिएका यिनै वैज्ञानिकका कारण बर्षेनी सयौँ लाख व्यक्तिको ज्यान लिने गरेको असाध्य रोग (क्रोनिक हेपाटाइटिस) परीक्षण तथा उपचार सम्भव भएको हो । 

नोबेल समितिका महासचिव थोमस पर्लम्यानले पत्रकार सम्मेलनमा भने, “आफूले पुरस्कृत तीनमध्ये दुई व्यक्तित्वलाई भेटेको र उहाँहरूलाई पुरस्कृत गरिएको सूचनाले उहाँहरू आश्चर्यचकित, खुशी, र पुलकित हुनुभएको थियो ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ