arrow

चीनमा अन्नबाली उत्पादन दर प्रतिव्यक्ति ४७० किलोग्रामभन्दा बढी

logo
प्रकाशित २०७७ असोज १९ सोमबार
china-uighur-farmer.jpg

बेइजिङ । चीनमा अन्नबाली उत्पादन दरको औसत मात्रा ४७० किलोग्रामभन्दा बढी रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । यो विश्वको सरदर स्तरभन्दा बढी हो भने विश्वले मान्यता दिएको ४०० किलोग्रामको सुरक्षित रेखाभन्दा माथि हो ।

अहिलेसम्म चीनको शरद ऋतुको अन्नबालीको राम्रो फसल निश्चित भइसकेको चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयले जानकारी गराएको छ । 

अन्नबालीको कूल उत्पादन मात्रा निरन्तर छैठौँ वर्षसम्म बृद्धि हुँदै चालु वर्ष छ खर्ब ५० अर्ब किलोग्राम (६५ करोड टन ) पुग्ने अनुमान गरिएको हो । 

चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, तेह्रौं पञ्च वर्षीय योजनाको पुनरावलोकन गर्दा चीनको अन्नबालीको उत्पादन स्थिर रुपमा बढेको देखिएको छ । 

सन् २०१९ मा चीनको अन्नबालीको कूल उत्पादन मात्रा छ खर्ब ६३ अर्ब ८५ करोड किलोग्राम (६६ करोड ३८ लाख टन) पुगी इतिहासको किर्तिमान सिर्जना भएको मन्त्रालयले जानकारी गराएको छ । 

चीनले खेतीको संरक्षणसम्बन्धी सबैभन्दा कडा व्यवस्था अपनाउँछ । चीनमा खेतीजन्य क्षेत्रफल कम्तीमा १२ करोड हेक्टर रहेको छ । चीनले स्थायी खेतीको विशेष संरक्षण गर्ने व्यवस्था चौतर्फी रुपमा पालना गर्नेगर्छ । यसका साथै चीनले अन्नबालीको उत्पादन र भटमासलगायत महत्वपूर्ण कृषि उपजको उत्पादन र संरक्षण क्षेत्रलाई वैज्ञानिक रुपमा विभाजन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ