arrow

भारतमा संक्रमित र मृत्यु दर घट्यो

logo
प्रकाशित २०७७ असोज २० मंगलबार
india-pcr-test.jpg

नयाँ दिल्ली । विगत २४ घण्टामा कोभिड–१९ बाट थप संक्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा देशभर मृत्यु हुनेको सङ्ख्या ८८४ रहेको छ भने अहिलेसम्म कूल एक लाख तीन हजार ५६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

यो महिना (अक्टोबर)को पहिला पाँच दिनको तथ्याङ्क हेर्दा भारतमा कोभिड–१९ संक्रमण तथा संक्रमित विरामीको मृत्यु दरमा सामान्य कमी देखिएको छ ।

अक्टोबर १ का दिन ८६ हजार ८२१ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको र मृत्यु एक हजार १८१ रहेकोमा अक्टोबर २ मा संक्रमितको सङ्ख्या करिब पाँच हजारले कमी आई ८१ हजार ४८४ भएको थियो ।

त्यस्तै मृत्यु सङ्ख्यामा पनि करिब १०० ले कमी आई एक हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन संक्रमितको सङ्ख्या अघिल्ला दिनको तुलनामा थप कमी आई ७९ हजार ४७६ कायम भएको थियो भने मृत्यु सङ्ख्या एक हजार ६९ मा झरेको थियो । 

अक्टोबरमा ४ मा संक्रमितको सङ्ख्यामा थप कमी आई ७५ हजार ८२९ र मृतक सङ्ख्या ९४० भयो भने अक्टोबर ५ मा संक्रमितको सङ्ख्या ७४ हजार ४४२ भयो र ९०३ संक्रमितको मृत्यु भयो । 

भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४९० व्यक्ति कोभिड–१९ संक्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ