arrow

संसारभर कति पुगे संक्रमित ?

logo
प्रकाशित २०७७ असोज २० मंगलबार
corona-world.jpg

पेरिस । विश्वभरी फैलिएको कारोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ६८ लाखभन्दा बढी पुगेको छ । 

अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार विश्वभरी कूल दुई करोड ६८ लाख ८९ हजार ७६८ जना कोभिड–१९ बाट संक्रमणमुक्त भएका हुन् । 

विश्वभरी अहिलेसम्म कूल तीन करोड ५७ लाख ३० हजार ९६५ जना संक्रमित भएका छन् । ती मध्ये दश लाख ४६ हजार ४८४ जनाको मृत्यु भएको छ । 

विश्वमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ९०८ जना संक्रमित भएका छन् भने कोरोनाकै कारण कुल दुई लाख १५ हजार ३९ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै संक्रमित भारतमा रहेका छन् । जहाँ कुल संक्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख तीन हजार छ सयको मृत्यु भएको छ । 

तेस्रो धेरै संक्रमित हुनेमा ब्राजिल रहेको छ भने चौथो र पाँचौ धेरै संक्रमितहरु रहेको मुलुकमा रुस र कोलाम्बीया रहेका छन् । 

त्यसैगरी स्पेन, पेरु, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका संक्रमितहरुको संख्याका आधारमा अग्र दशमा पर्ने मुलुक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ