arrow

ब्लाकहोलको रहस्यबारे अनुसन्धान गरेका तीनै वैज्ञानिकलाई नोबेल पुरस्कार

logo
एएनआई,
प्रकाशित २०७७ असोज २० मंगलबार
black-hole-collision.jpg

स्टकहोम । खगोल विज्ञान खासगरी ब्लाकहोलका क्षेत्रमा उल्लेखनीय अनुसन्धान गरेबापत यस वर्ष सन् २०२० को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

नोबेल एसेम्ब्लिका अनुसार रोयल स्वेडिस एकेडेमीले वैज्ञानिकहरु रोजर पेनरोज, राइनहार्ड गेन्जेल र एन्ड्रिया घेजलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । 

अन्तरिक्ष विज्ञानमा ब्लाकहोलको रहस्यबारे अनुसन्धान गरेका तीनै वैज्ञानिकले ब्लाकहोलको गुरुत्वाकर्षणका कारण प्रकाश समेत छिर्न नसक्ने दाबी गरेका छन्। ब्लाकहोलको यस क्षेत्रमा पदार्थ आफैंमा विलुप्त हुन्छ । 

पुरस्कृत व्यक्तित्वमध्ये गेन्जेल जर्मनीका हुन् भने घेज अमेरिकी हुन्। अर्का पुरस्कृत वैज्ञानिक पेनरोज बेलायती नागरिक हुन्। उनीहरु तीनै जना खगोल र भौतिक विज्ञानका क्षेत्रमा प्राध्यापक हुनुका साथै विभिन्न विश्वविद्यालयमा अद्यापी अनुसन्धान र प्राध्यापनमा संलग्न छन् । 

करिब १ करोड स्वेडिस क्रोनरको यो पुरस्कारको रकममध्ये आधा रोजर पेनरोज र बाँकी आधा अन्य दुई बैज्ञानिकलाई आधा–आधा प्रदान गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ