arrow

भरतपुर महानगरपालिका एक दिनका लागि बन्द

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
bharatpur.JPG

चितवन. भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको आज बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय आज एक दिनका लागि बन्द रहने जानकारी गराएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले स्व पियाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छिन् ।

पियाले तत्कालीन नारायणगढ गाउँ पञ्चायतका प्रधानपञ्च, २०४२ सालमा भरतपुर नगरपालिकाको जनपक्षीय नगर प्रमुख र २०५४ मा भरतपुर नगर प्रमुखका रूपमा निर्वाचित भई भरतपुरको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ