दक्षिण कोरियामा गर्भपतनसम्बन्धी मान्यता दिने गरी कानुन निर्माण हुदै
एएनआई,
प्रकाशित २०७७ असोज २१ बुधबार
701
Shares
सोल। दक्षिण कोरियामा गर्भपतनसम्बन्धी कानुन ल्याइने कानुन मन्त्रालयले बुधबार जानकारी छ। उक्त मन्त्रालयका अनुसार महिलालाई १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा हुन लागेको हो। यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन।
उनीहरुमा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा त्यस्ता महिलाको मात्र गर्भपतन हुने कानुनी प्रावधान हाल कायम रहेको छ।
तर पनि महिला अधिकारवादीहरुले महिलाले चाहेमा गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग गर्दै आएका थिए। सोही पक्षमा दक्षिण कोरियाको सर्वोच्च अदालतले पनि फैसला गरेको थियो। सर्वेच्च अदालतको फैसला बमोजिम नै महिलाले चाहेमा आफ्नै निर्णय अनुसार नै गर्भपतन गराउन सक्ने गरी कानुन बनाउन आदेश दिएको थियो।
सन् २०१९ को अप्रिल महिनामा यहाँको संविैधानिक अदालतले महिलाले चाहेमा १४ हप्तासम्मको गर्भ पनि पतन गराउन पाउने गरी सन् २०२० भित्रै कानुन बनाउनु भनेको थियो। सोही बमोजिम नै यहाँको सरकारले यस्तो कानुनको मस्यौदा गरिरहेको जानकारी दक्षिण कोरियाको कानुन मन्त्रालयले दिएको हो।