arrow

भारतमा घट्दै गए कोरोनाका सक्रिय संक्रमित

logo
प्रकाशित २०७७ असोज २२ बिहिबार
corona-india-test.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । अक्टोबर लागेपछि घट्न थालेको यो दर १० लाख २० बाट घटेर ९ लाखको हाराहारीमा पुगेको छ । बुधबारसम्म सक्रिय संक्रमित ९ लाख १ हजार ९२४ जना रहेका छन् । पछिल्ला दिन निरन्तर कोरोनामुक्त हुनेको संख्या बढेसँगै सक्रिय संक्रमित घट्दै गएका छन् ।

बुधबार ८३ हजार २०९ जना कोरोनामुक्त भएका छन् । हालसम्म ५८ लाख २४ हजार ४६२ जना कोरोना मुक्त भएका छन् । संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको छ । बुधबार ७८ हजार ८०९ जना संक्रमित थपिएका छन् । मंगलबार भन्दा ७ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । 

बुधबार ९६३ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट १ लाख ५ हजार ५५४ जनाको ज्यान गइसकेको छ । 

विश्वमा भारत दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका छ । अमेरिकामा ७७ लाख ७६ हजार १९ जना संक्रमित रहेका छन् । २ लाख १६ हजार ७६३ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ