arrow

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित केही मुलुकहरु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ असोज २२ बिहिबार
corona-spain1.jpg

न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७७ लाख  ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ ।पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

 कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १६ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । यद्यपी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको जनाइएको छ । 

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६८ लाख ३५ हजार संक्रमित भएका र यस संक्रमणबाट एक लाख ५ हजार ५५४ जनाको मृत्यु भईसकेको छ । 

कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा संक्रमितको संख्या ५० लाख नाघेको छ । संक्रमणको कारण एक लाख ४८ हजार भन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ६० हजार भन्दा बढी संक्रमित रहेका छन् भने २२ हजार  ५६ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।
 
कोलम्बियामा ८ लाख ७७ हजार ६८३ जना कोरोना भाइरस संक्रमित भएका छन् भने २७ हजार १८० जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ७२ हजार २७६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भन ३२ हजार ५६२ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ८ लाख ४० व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने २२ हजार २२६ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ३५ हजार ६६२ मा व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३३ हजार ९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ७ लाख ३९ हजार १८८ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ८२ हजार ७२६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ८५ हजार १५५ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने १७ हजार २४८ जनाको मृत्यु भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म १० लाख ६१ हजार ७७९ जना पुगेको छ ।  यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६४ लाख ७० हजार पुगेको छ  । कूल संक्रमितमध्ये दुई करोड ७४ लाख  ५३ हजार भन्दा बढी हजार निको छन् भने करिब ७९ लाख ५४ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६७ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ