arrow

पाकिस्तानमा वास्तविक प्रजातन्त्रका लागि इमरान खान बिरुद्ध विपक्षी दलको गठबन्धन

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
imran-khan-and-bajwa-pak.jpg

आम्स्टर्डम । इमरान खान नेतृत्वले पछिल्लो समय आतंकवादलाई प्रश्रय दिएको र मुलुकलाई थप धराशायी बनाएको भन्‍ने आरोपहरु स्वयं पाकिस्तानभित्रै लागिरहेको छ । जसले गर्दा मुलुकको प्रजातन्त्र नै संकटमा पर्ने स्थिति सिर्जना भएको छ । 

अब पाकिस्तानका विपक्षी राजनीतिकहरु दलहरुले मुलुकमा 'वास्तविक र विश्वासिलो' प्रजातन्त्र पुनर्स्थापना गर्नका लागि नयाँ संयुक्त मोर्चा गठन गर्न आवश्यक रहेको  एक युरोपेली थिंक ट्यांकले जनाएको छ। विपक्षी दलहरुले साच्चिकै प्रजातन्त्र चाहने हो भने, सैन्य प्रतिष्ठानको शासन र अर्थतन्त्रमाथि नियन्त्रण कायम गरेको कुराबाट मुक्ति चाहन्छन् भने एकजुटको विकल्प नभएको सो थिङक ट्याङकले जनाएको छ ।  

११ पाकिस्तानी विपक्षी दलमध्येका पाकिस्तान पिपुल्स पार्टी (पीपीपी), पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन), अवामी नेशनल पार्टी (एएनपी), र जमीयत-ए-उलामा-इस्लाम (जेयूआई) लगायतको सेप्टेम्बर २० मा भएको सर्वदलीय सम्मेलन (एपीसी) ले एक संयुक्त मञ्‍च, पाकिस्तान लोकतान्त्रिक आन्दोलन गठनको घोषणा गरेको थियो । 

“यी सकारात्मक संकेतहरूको पृष्ठभूमिमा, सेनाले सन् १९४७ देखि स्थापना गरेको देशको शासन र वास्तवमा अर्थव्यवस्थामाथि रहेको अडानलाई खाली गर्न चाहेको खण्डमा विपक्षीहरू मिलेर बस्नुपर्दछ,” युरोपियन दक्षिण एशियाई अध्ययनले भनेको छ । 

एपीसीले अपनाएको २६ बुँदे प्रस्तावले राज्यका सबै अंगहरू कानुन बमोजिम कडाइका सञ्‍चालन गर्ने सुनिश्चित गरिने प्रतिबद्धतासमेत जनाएको छ । 

सन् १९४७ मा पाकिस्तान स्वतन्त्र भएदेखि जनतामाथि हुने दुर्व्यवहारको छानबिन गर्न सत्य तथा मेलमिलाप आयोगको स्थापना गर्न पनि आह्वान गरिएको थियो । त्यस्तो अनुसन्धानले सैन्य दुर्व्यवहारको गहन इतिहास खुलाउन खोजिनुपर्नेसमेत माग गरिएको छ । 

यसका साथै प्रधानमन्त्री इमरान खान र उनको सत्तारूढ पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टीबाट राजीनामा नदिए देशव्यापी आन्दोलन गर्नेसमेत घोषणा गरिएको छ । 

पीडीएमले सार्वजनिक जमघट, राजनीतिक जुलुस, अविश्वासको गतिविधिको समावेशी सामूहिक बिरोध अभियान चलाउने प्रस्ताव राख्दै जनवरीमा लङ मार्चमा जानेसमेत बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ