arrow

भारत कोरोना नियन्त्रणतर्फ अग्रसर, घट्दो क्रममा सक्रिय संक्रमित

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
health-india.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । अक्टोबर लागेपछि घट्न थालेको यो दर १० लाख २० बाट घटेर ८ लाखको आँकडामा पुगेको छ । बिहीबारसम्म सक्रिय संक्रमित ८ लाख ९३ हजार ८१२ जना रहेका छन् । पछिल्ला दिन निरन्तर कोरोनामुक्त हुनेको संख्या बढेसँगै सक्रिय संक्रमित घट्दै गएका छन् ।

बिहीबार ७८ हजार ७४५ जना कोरोनामुक्त भएका छन् । हालसम्म ५९ लाख ३ हजार २०७ जना कोरोना मुक्त भएका छन् । संक्रमितको संख्या ६९ लाख ३ हजार ८१२ पुगेको छ । बिहीबार ७० हजार ८२४ जना संक्रमित थपिएका छन् । 

बिहीबार ९६७ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट १ लाख ६ हजार ५२१ जनाको ज्यान गइसकेको छ । 

विश्वमा भारत दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका छ । अमेरिकामा ७८ लाख ३३ हजार ५२३ जना संक्रमित रहेका छन् । २ लाख १७ हजार ७३८ जनाको ज्यान गइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ