arrow

विश्वमै बढ्यो कोरोना संक्रमणको दर, एकैदिन अहिलेसम्मकै बढी, कहाँ कति ?

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
transport-china.jpg

काठमाडौं । विश्वमै कोरोना भाइरसको संक्रमणको दर ह्वात्तै बढेको छ । बिहीबार एकैदिन अहिलेसम्मकै बढी ३ लाख ४८ हजार ६३० जना संक्रमित थपिएका छन् । यो १० महिनाको अवधिमै सबैभन्दा बढी हो । त्यसैगरी एकैदिन ६ हजार ४२४ जनाको ज्यान गएको छ । 

बुधबार ३ लाख ४३ हजार ९३२ जना संक्रमित थपिँदा ५ हजार ९०१ जनाको ज्यान गएको थियो । मंगलबार ३ लाख ७ हजार ४३८ जना संक्रमित थपिँदा ५ हजार ५६४ जनाको ज्यान गएको थियो । अहिलेसम्म ३ करोड ६७ लाख ४५ हजार संक्रमित पुग्दा १० लाख ६७ हजारको ज्यान गइसकेको छ । 

बिहीबार सबैभन्दा बढी भारतमा ७० हजार ८२४ जना संक्रमित थपिँदा ९६७ जनाले ज्यान गुमाए । भारतमा अहिलेसम्म ६९ लाख ३ हजार ८१२ संक्रमित पुगेका छन् । १ लाख ६ हजार ५२१ जनाको ज्यान गइसकेको छ । 

अमेरिकामा ५६ हजार ६५२ जना संक्रमित थपिँदा ९५७ ले ज्यान गुमाए । अमेरिकामा अहिलेसम्म ७८ लाख ३३ हजार ७६३ संक्रमित पुगेका छन् । २ लाख १७ हजार ७३८ जनाको ज्यान गइसकेको छ । 

तेस्रो स्थानको ब्रजिलमा २७ हजार १८२ संक्रमित थपिँदा ७३० जनाको ज्यान गएको छ । फ्रान्समा १८ हजार १२९ जना संक्रमित थपिँदा ७६ जनाले ज्यान गुमाए । बेलायतमा १७ हजार ५४० जना संक्रमित थपिँदा ७७ जनाले ज्यान गुमाए । 

अर्जेन्टिनामा १५ हजार ४५४ जना संक्रमित थपिँदा ४८४ जनाको ज्यान गएको छ । रुसमा ११ हजार ४९३ जना संक्रमित थपिँदा १९१ जनाले ज्यान गुमाए । 

संक्रमित थपिने लिष्टमा नेपाल पनि अगाडि आइपुगेको छ । बिहीबार मात्रै ४ हजार ३६४ जना संक्रमित थपिएका छन् भने १२ जनाको ज्यान गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ