arrow

अरुणाचलमा भारतलाई अमेरिकी साथ

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
india-us.jpg

न्युयोर्क । संयुक्त राज्य अमेरिकाले चिनियाँ क्षेत्रीय अतिक्रमणको विरोध गर्दै चिनियाँ नियन्त्रणमा रहेको अरुणाचल प्रदेश भारतीय क्षेत्र भएको बताएको छ । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले बिहीबार वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेका सेना अथवा नागरिकमाथि आक्रमण गर्ने र भूमिमाथीको एकपक्षीय दावीको कडा विरोध गर्ने जनाएको छ ।

भारत-चीनबीचको सीमा तनावकाबीच अमेरिकी विदेश मन्त्रालयका अधिकारीले प्रेस ब्रिफिङका क्रममा भने, "निश्चित रूपमा सीमाका केही भागमा हाम्रो स्थिति स्पष्ट छ । करिब ६ दशकदेखि अमेरिकाले अरुणाचल प्रदेशलाई भारतीय क्षेत्रको मान्यता दिएको छ । हामी स्थापित एलएसीतर्फ सैन्य वा नागरिक आक्रमणबाट क्षेत्रीय दावीलाई अगाडि बढाउने कुनै एकपक्षीय प्रयासको कडा विरोध गर्दछौं ।"

भारत-अमेरिका द्विपक्षीय सम्बन्धको बारेमा जानकारी गराउँदै अमेरिकी वरिष्ठ अधिकारीले भने, "यस्तो अवस्थामा जब भारतले पर्याप्त सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ, हाम्रो रक्षा साझेदारीमा वृद्धि एकदमै महत्त्वपूर्ण छ । यस साझेदारीमा रक्षा विशेष गरी हाम्रो उन्‍नत अमेरिकी हतियारहरु सामेल छन् । हतियार प्रणाली, भारतको सुरक्षा र सार्वभौमिकताप्रति हाम्रो प्रतिबद्धता रहन्छ ।"

"गत वर्ष टाइगर ट्राइम्स अभ्यास र हिन्द महासागरमा युएसएस निमिट्ज क्यारियर स्ट्राइक ग्रुपसँग भारतीय नौसेनाको अभ्यासले देखाएझैं हाम्रो सैन्य सेवाहरू बीचको अन्तरक्रियात्मकता अभूतपूर्व तहमा पुगेको छ," ती अधिकारीले भने । 

"दुवै देशको राष्ट्रिय शक्तिको वास्तवमा त्यस्तो कुनै आयाम छैन, जुन हामीसँग भएको द्विपक्षीय वार्तालापमार्फत वा त्यससँग सम्बन्धित बैठकहरूमार्फत सम्बोधन हुने छैन," वरिष्ठ अधिकारीले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ