arrow

विश्वमा अझै बढ्दै कोरोना संक्रमित, बन्यो अर्को रेकर्ड

logo
प्रकाशित २०७७ असोज २४ शनिबार
corona-worldwide.jpg

काठमाडौं । विश्वमै कोरोना भाइरसको संक्रमणको दर ह्वात्तै बढेको छ । शुक्रबार एकैदिन अहिलेसम्मकै बढी ३ लाख ५३ हजार ७०६ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । बिहीबार ३ लाख ४८ हजार ६३० जना संक्रमित थपिएका थिए ।  

बुधबार ३ लाख ४३ हजार ९३२ जना संक्रमित थपिँदा ५ हजार ९०१ जनाको ज्यान गएको थियो । मंगलबार ३ लाख ७ हजार ४३८ जना संक्रमित थपिँदा ५ हजार ५६४ जनाको ज्यान गएको थियो । 

शुक्रबार ५ हजार ७४८ जनाको ज्यान गएको छ । अहिलेसम्म ३ करोड ७१ लाख  संक्रमित पुग्दा १० लाख ७२ हजार भन्दा बढीको ज्यान गइसकेको छ । 

शुक्रबार सबैभन्दा बढी भारतमा ७३ हजार १९६ जना संक्रमित थपिँदा ९२९ जनाले ज्यान गुमाए । भारतमा अहिलेसम्म ६९ लाख ७७ हजार १९६ संक्रमित पुगेका छन् । १ लाख ७ हजार ४५० जनाको ज्यान गइसकेको छ । 

अमेरिकामा ६० हजार ५५८ जना संक्रमित थपिँदा ९१० ले ज्यान गुमाए । अमेरिकामा अहिलेसम्म ७८ लाख ९४ हजार ४७८ संक्रमित पुगेका छन् । २ लाख १८ हजार ६४८ जनाको ज्यान गइसकेको छ । 

तेस्रो स्थानको ब्रजिलमा २७ हजार ६५१ संक्रमित थपिँदा ७३० जनाको ज्यान गएको छ । फ्रान्समा २० हजार ३३९ जना संक्रमित थपिँदा ६२ जनाले ज्यान गुमाए । बेलायतमा १३ हजार ८६४ जना संक्रमित थपिँदा ८७ जनाले ज्यान गुमाए । 

अर्जेन्टिनामा १५ हजार ९९ जना संक्रमित थपिँदा ५१५ जनाको ज्यान गएको छ । रुसमा १२ हजार १२६ जना संक्रमित थपिँदा २०१ जनाले ज्यान गुमाए । 

संक्रमित थपिने लिष्टमा नेपाल पनि अगाडि आइपुगेको छ । शुक्रबार २ हजार ५९ संक्रमित थपिए । बिहीबार मात्रै अहिलेसम्मकै बढी ४ हजार ३६४ जना संक्रमित थपिएका थिए । नेपालमा अहिलेसम्म ६०४ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ