arrow

भारतमा थप १५ हजार घटे कोरोनाका सक्रिय संक्रमित

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
EkAjzp4VoAA6WbZ.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । शनिबार थप १५ हजार सक्रिय संक्रमित घटेका छन् । शुक्रबार ९ हजार भन्दा बढी सक्रिय संक्रमित घटेका थिए । अक्टोबर लागेपछि घट्न थालेको यो दर १० लाख २० बाट घटेर ८ लाखको आँकडामा पुगेको छ । 

शनिबारसम्म सक्रिय संक्रमित ८ लाख ६७ हजार ३४३ जना रहेका छन् । पछिल्ला दिन निरन्तर कोरोनामुक्त हुनेको संख्या बढेसँगै सक्रिय संक्रमित घट्दै गएका छन् । शनिबार ८९ हजार २२ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म ६० लाख ७४ हजार ८६३ जना कोरोना मुक्त भएका छन् । संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ । शनिबार ७४ हजार ४५० जना संक्रमित थपिएका छन् । 

शनिबार ९२१ जनाको ज्यान गएको छ । मृतक पनि दिनानुदिन घट्दै गएका छन् । अहिलेसम्म भारतमा कोरोनाबाट १ लाख ८ हजार ३७१ जनाको ज्यान गइसकेको छ । 

विश्वमा भारत दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका छ । अमेरिकामा ७९ लाख ४४ हजार ९८३ जना संक्रमित रहेका छन् । २ लाख १९ हजार २८२ जनाको ज्यान गइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ