arrow

कोरोनाको लहर : यी मुलुक सबैभन्दा प्रभावित

logo
एएफपी,
प्रकाशित २०७७ असोज २५ आइतबार
spain-corona-viurs.jpg

न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७९ लाख  ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ ।

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ५३ हजार भन्दा बढी संक्रमित भएका र यस संक्रमणबाट एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ । 
 
कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा संक्रमितको संख्या ५० लाख ९१ हजार नाघेको छ । संक्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी संक्रमित रहेका छन् भने २२ हजार  ४५४ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।
 
कोलम्बियामा ९ लाख २ हजार ७४७ जना कोरोना भाइरस संक्रमित भएका छन् भने २७ हजार ६६० जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ८ लाख ८३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने २३ हजार ५८१ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४६ हजार ८८ मा व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३३ हजार २२३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ८ लाख १४ हजार ३२८ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ८३ हजार ६४२ जनाको मृत्यु भएको छ ।फ्रान्समा ७ लाख १८ हजार ८७३ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३२ हजार ६३७ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ