arrow

टर्की तेस्रो विश्वयुद्ध निम्त्याउँदै, द्धन्द्धको भूमरीबाट बचाउन एर्दोगनको बहिर्गमन जरुरी

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २५ आइतबार
turkey-geopolitical.jpg

काठमाडौं। टर्कीका राष्ट्रपति रिसेप ताइप एर्दोगनले विश्वभर चौतर्फीरुपमा आतंक मच्चाइरहेका छन्। अहिलेकै परिस्थितीमा टर्कीले कदम चाल्दै जाने हो भने चीनले नभइ टर्कीले तेस्रो विश्वयुद्ध निम्त्याउँन सक्ने देखिएको छ। चीनले हिमालय क्षेत्रमा भारत, दक्षिण चीन सागरमा एसिएन देशहरु र पूर्वी चीन सागरमा जापानसँग टकराव लिइरहेको छ। तर, यो भन्दा बढी, टर्कीले लिबिया, भुमध्यसागर, काकेशस (अजरबैजान र अर्मेनिया), सिरिया, वैश्विक शक्ति फ्रान्स, ग्रिस, युएई, रुस एवं इजरायल र साउदी अरेबियासँग टकराव बढाएको छ। यतिमात्रै हैन्, हगिया सोफिया चर्चलाई मस्जिदमा परिणत गरेर टर्कीले पूरै क्रिश्चियन विश्वलाई आफ्नो विरुद्धमा खडा गरेको छ।

इतिहास हेर्ने हो भने, एक दुर्भाग्यको घटनाकारुपमा असिमित शक्तिले उन्माद नेतृत्वले विश्वयुद्ध निम्त्याएको छ, र यहीँ बाटोमा अहिले अंकरा (टर्कीको राजधानी) गइरहेको छ। कुटनीतिक द्धन्द्ध र विश्वभरका मुलुकहरुविरुद्ध खडा भएर एर्दोगनको नेतृत्वमा टर्कीले विश्वलाई नै गम्भीर समस्यामा धकेलिरहेको छ। अंकराले पूर्वी भुमध्यसागरमा ग्रिस र बाल्कन क्षेत्रमा आफ्नो प्रभुत्व जमाइरहेको छ। यसबाहेक फ्रान्सलाई आफ्नो शत्रु बनाउँदै अमेरिकालाई समेत भड्काइरहेको छ।
लिबियाली गुटबन्दीमा युएई, फ्रान्स र रसियाकाविरुद्ध टर्की खडा भइरहेको छ। यतिमात्रै हैन्, काकेशसमा अहिले अजरबैजान र अर्मेनियालाई आतंकित बनाउनुमा टर्कीको हात रहेको छ। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले टर्कीले अजरबैजानलाई समर्थन गर्दै उत्तेजक बनाएर अर्मेनियासँग द्धन्द्धको अवस्था सिर्जना गरेको बताएका छन्।

सिरियामा निरन्तर आफ्नो सेना पठाएर रुसविरुद्ध टकराव लिन अगाडि आउने जुनसुकै कुर्दिश संयुक्त मोर्चालाई ध्वस्त पार्ने कदम टर्कीले चालेको छ। यसबाहेक टर्की प्यालेस्टाइनको इस्लामीक कट्टरपन्थी लडाकु समुह हमासका नेताहरु एवं प्यालेस्टिनी इस्लामी कट्टपन्थी खण्ड (जसले गाजा पट्टी नियन्त्रण गर्छ) का लागि सुरक्षित आश्रयस्थल हो। यो क्षेत्रमा विवाद शान्त गरेर अघि बढ्नुको सट्टा टर्कीले अस्थिरतालाइ बढावा दिँदै आएको छ।

वास्तवमा एर्दोगन नयाँ खलिफा बन्न खोजिरहेका छन् जसले ओटोम्यान साम्राज्यको पुर्नस्थापना गर्ने सपना देखिरहेका छन्। १२औंदेखि २०औं शताब्दीसम्म ओस्मन पहिलो’को नेतृत्वमा टर्कीले युरोप, पश्चिम एसिया र उत्तर अफ्रिकासम्म विस्तार गर्दै आफ्नो सम्राज्य खडा गरेका थिए, यसैलाई ओटोम्यान साम्राज्य भनिन्छ।

आफु खलिफा बन्नका लागि एर्दोगनले साउदीलाई प्रतिस्थापन गर्दै उम्माहको नेतृत्वपनि आफै गर्न खोजिरहेको छन्। प्यालेस्टिनहरुमाझ आफु आदर्श बन्नका लागि एर्दोगनले अब्राहम एकोर्ड (इजरायल, युएई र बहराईनबीचको शान्ति सम्झौता)लाई अस्विकार गरेका छन्। उसोत, टर्की आफै पनि इजरायलसँग कुटनीतिक सम्बन्ध राख्न खोजिरहेको थियो। तर, यो अब असम्भव बनेको छ। एर्दोगनले गरिरहेका हर्कतहरु गैरजिम्मेवारपूर्ण छन्, जसले प्यालेस्टाइन र मध्यपूर्व एवं दक्षिण काकेशसमा क्षेत्रिय द्धन्द्ध निम्त्याउने सभावना छ। र त्यो जतिसुकै बेला पनि सर्वत्र द्धन्द्धमा परिणत हुनसक्छ।

आफ्नो कट्टर निर्णय र नरसंहार प्रवृतिका कारण पहिलो विश्वयुद्धमा ओटोम्यानहरु जसरी पराजित भए त्यसैगरि एर्दोगनको नेतृत्वमा टर्की दयनिय ढंगले लतारिएर पछारिदै यसको निकै महंगो मुल्य चुकाउने अवस्था आउनेछ।

अन्काराले संसारलाई धक्का दिन खोजिरहेको अहिलेका कदमले ठूलो मानविय क्षति गर्ने र विनाशकारी आर्थिक संकटको सिर्जना हुने अतरा बढाएको छ। र यसको निश्कर्षसहितको विश्लेष भनेको निकै खतरापूर्ण हो। त्यसकारण अहिले मानवतालाई हराउन नदिन र विश्वलाई सम्भावित खतराबाट जोगाउन एर्दोगन सत्ताबाट बहिर्गमन आवश्यक देखिएको यूरोमा विज्ञहरु बताउदै आएका छन्। पुरै विश्वले टर्कीबाट हुनसक्ने सम्भावित खतराबाट जोगिनका लागि एर्दोगनलाई टर्कीको नेतृत्वबाट हटाउन एकजुट हुन आवश्यक देखिएको उनीहरुको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ