arrow

नेताहरुद्धारा उमेरमा घोटाला 

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
bihar-election-2020.jpg

काठमाडौं । भारतको बिहार राज्यमा चुनाव हुँदैछ । यही चुनावका कारण नेताहरुका नयाँ नयाँ फन्डा सार्वजनिक भइरहेका छन् । हुनत बिहारमा जुन कुरामा घोटालामा पर्छन् त्यो कम हुन्छ भनिन्छ । चाहे उमेरको होस्, चाहे अपराधको होस् वा जग्गा जमीनको । 

पहिलो पटक उमेरमा घोटाला हाल चर्चामा छ । बिहारमा उम्मेदवार नोमिनेसन भरिरहेका छन् । जसमा रोचक घटना बाहिर आइरहेको छ । कोही आफ्नो उमेर कम बताइरहेका छन् भने कोही बढी । 

कुर्था सिटममा जदयूका उम्मेदवार सत्यदेव सिंहको जन्म २० जुन १९५० भनी विधानसभाको वेबसाइटमा उल्लेख छ । यो हिसाबले उनी ७० पार भइसके । तर उनले आफ्नो उमेर ६१ वर्ष लेखाएका छन् । सन् २०१५ मा पनि उनले आफ्नो उमेर ५६ वर्ष बताएका थिए । 

त्यस्तै सरोज यादव राजदको टिकटमा बडहरा सिटबाट खडा भएका छन् । उनी मौजुदा विधायक पनि हुन् । उनले सन् २०१५ मा उनको एफिडेविटमा ३३ वर्षको उमेर पूरा भएको देखाइएको छ । 

यसपटक ३० वर्ष आयु पूरा भएको देखाइएको छ । ५ वर्षअघिका अनुसार उनको उमेर ३८ वर्ष भएकोछ । तर उनले त पहिलेभन्दा झन् उमेर घटाएका छन् । 

त्यस्तै कुटुम्बा सीटबाट कांग्रेसका उम्मेदवार राजेश कुमार सन् १९८५ देखि राजनीतिमा रहेका छन् । उनको जन्म १९६७ जनवरी २८ लेखिएको छ । यो हिसाबले उनी ५४ वर्षका भए । उनले ५१ वर्ष लेखाएका छन् । 

महिलाको उमेर सोध्नु हुन्न भन्ने मान्यता भए पनि मैदानमा उत्रेपछि उमेरको मतलब त हुन्छ नै । भाजपाकी निक्की हेम्ब्रमले सन् २०१५ मा ४२ वर्ष देखाएकी थिइन् । अहिले पनि उनको उमेर ४२ नै छ । 

त्यस्तै जदयूका जयकुमार सिंह नितिशकुमार नेतृत्वको सरकारका मन्त्री हुन् । उनको उमेर ५ वर्षमा १० वर्ष बढेको छ । उनको जन्म १ मार्च १९६३ भनी विधानसभाको वेबसाइटमा छ । 

यो हिसाबले उनको उमेर ५८ वर्ष हुनुपर्ने थियो । तर उनको उमेर सन् २०१५ मा ४६ बताइएको थियो । अहिले ५६ बनाइएको छ । यति गर्दा पनि उनको वास्तविक उमेरसँग अझै मेल खाँदैन । 

जदयूको टिकटमा खडा भएका रामानन्द मण्डलले ५ वर्षको अवधिमा ८ वर्ष उमेर बढाएका छन् । सन् २०१५ मा ४७ वर्ष बताएका उनको अहिले ५५ वर्ष पूरा भएको उल्लेख छ । 

त्यस्तै भाजपा नेता ज्ञानेन्द्रकुमार सिंहको उमेर पनि ५ वर्षमा १० वर्ष बढाइएको छ । सन् २०१५ मा ५१ लेखाएका उनले अहिले ६१ वर्ष लेखाएका छन् ।

भाजपाका नेता बृजकिशोर विन्द सन् १९९१ देखि राजनीतिमा छन् । उनको जन्म १ जनवरी १९६६ लेखिएको छ । उनी अहिले ५५ वर्षका भए । तर उनले सन् २०१५ मा ५६ बताएका थिए । अहिले ६१ वर्ष बताएका छन् । आठ वर्ष बढाइएको छ । (दैनिक भास्करबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ