arrow

कोरोना प्रभावित व्यवसायलाई राहतको माग गर्दै पेरिसमा प्रदर्शन

logo
एएनआई,
प्रकाशित २०७७ असोज २७ मंगलबार
hotel-worker-peris.jpg

पेरिस, फ्रान्स । होटल मालिकहरूले फ्रान्सको राजधानी पेरिसको रिंग रोडमा ट्राफिक आंशिक रूपमा अवरुद्ध हुनेगरी प्रदर्शन गर्दै राज्यबाट सहयोगको मांग गरेका छन् । उनीहरूले सङ्कटमा परेका उद्योगलाई सहयोग प्याकेजहरू उपलब्ध गराउन माग गरेका हुन् । 

कोभिड–१९ संक्रमण दर पुनः बढ्न थालेपछि सरकारले शहरी क्षेत्रमा प्रतिबन्धका उपायहरू तीव्र पारेका् छ । संक्रमण नियन्त्रणका उपायको अवलम्बन गर्दा आफ्नो व्यवसाय धरापमा परेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । 

पेरिस शहर प्रशासनले गत हप्ता अधिकतम कोरोनाभाइरस संक्रमणको चेतावनी दिँदै भाइरसको थप प्रसारलाई रोक्नको लागि बार, स्विमिंग पूल र जिमलाई १४ दिन बन्द गर्ने आदेश दिएको छ । 

प्रशासनले साझा स्थानहरूमा मास्क लगाउने आवश्यकता अनुसार शहरमा हिडडुल गर्ने र सामाजिक दूरीका नियमहरूलाई पालना गर्न जुलाईमा पुनः निर्देशन जारी गरेको थियो । 
एएन्आइलाई प्राप्त भिडियोमा प्रदर्शनकारीहरूले पोस्टर तथा व्यानर बोकेर विरोध प्रदर्शन गरेको देखिन्छ । 

आन्दोलनमा उत्रिएका कम्पनीहरूलाई सहायता, आंशिक बेरोजगार भत्तालगायतका सुविधा व्यवस्था गर्न र करहरूमा छुट दिन माग गरेका बताइएको छ । 

फ्रान्सले कोरोनाभाइरसको संक्रमणको दोस्रो लहरमा मध्य ग्रीष्मकालदेखि पुनः दोहोरिएपछि दैनिक हजारौँ व्यक्ति संक्रमित बनेका छन् । नयाँ संक्रमणको पछिल्लो दैनिक रेकर्डमा संक्रमण पुष्टि हुनेको सङ्ख्या दैनिक २५ हजारको हाराहारीमा रहेको छ । 

हालसम्म फ्रान्समा ७७ लाख छ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ३२ हजार ७०३ संक्रमितको मृत्यु भएको छ । 

मङ्गलबारसम्म विश्वमा संक्रमितको सङ्ख्या तीन करोड ८० लाख ६३ हजारभन्दा बढी रहेको छ भने १० लाख ८६ हजारभन्दा बढी संक्रमित व्यक्तिको मृत्यु भएको छ । 

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको सङ्ख्या आठ लाख ३८ हजार रहेको छ भने दुई लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

दोस्रो बढी संक्रमित रहेको देश भारत रहेको छ भने ब्राजिल, रूस, कोलम्बिया, स्पेन, अर्जेन्टिना, पेरु, मेक्सिको, फ्रान्स संक्रमणका हिसाबले बढी प्रभावित मुलुक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ