arrow

भारतमा निरन्तर घट्दै कोरोनाका सक्रिय संक्रमित 

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
corona-india-test4.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मुक्त हुनेहरु तीव्र रुपले बढिरहेका छन् । मंगलबार १० हजार भन्दा बढी कोरोनाका संक्रमित घटेका थिए । सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २४ हजार कोरोनाका सक्रिय संक्रमित घटेका थिए । 

नयाँ संक्रमित ६३ हजार ५२० जना थपिँदा संक्रमणमुक्त हुनेहरु ७३ हजार ९१० जना रहेका छन् । अन्तर १० हजार भन्दा बढीको रहेको छ । 

भारतमा ७२ लाख ३७ हजार ८२ जना संक्रमित पुगिसकेका छन् । त्यसैगरी कोरोनामुक्त हुनेहरुको संख्या ६२ लाख ९८ हजार ७०५ पुगेको छ । 

सक्रिय संक्रमितको संख्या घटेर ८ लाख २६ हजार ६५२ रहेको छ । 

मंगलबार ७२३ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुनेको संख्या १ लाख १० हजार ६१७ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ