arrow

महबूबा १४ महिनापछि हिरासतमुक्त

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
mahabuba-mufti-kasmir-ex-ch.jpg

काठमाडौं । भारतको जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती १४ महिनापछि रिहा भएकी छिन् । पिपुल्स डेमोक्रेटिक पार्टीकी प्रमुख मुफ्तीलाई मंगलबार हिरासतबाट रिहा गरिएको हो । 

उनलाई गत वर्ष ४ अगष्टमा कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि हिरासतमा लिइएको थियो । उनी ४३६ दिन हिरासतमा रहिन् । उनी ६ फेब्रुअरीमा हिरासत अवधि समाप्त हुनु पहिले पब्लिक सेक्युरिटी एक्ट मामिलामा नजरबन्दीको अवधि बढाइएको थियो । 

यो एक्ट काठ तस्करी सम्बन्धमा बनेको भए पनि अन्य मुद्दामा पनि जोडिन थालेको थियो । कश्मीरमा यो कानुनमार्फत कसैलाई पनि दुई वर्षसम्म हिरासतमा राख्न पाउने नियम थियो । 

जम्मू–कश्मीरलाई नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकार अन्तर्गत लिइएपनि शान्त बन्दै गएको र विकासको लहर पनि चल्दै गएको दावी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ