arrow

साउदी अरेबियामा संक्रमितको संख्या दिनदिनै घट्दै, वर्षको अन्तसम्ममा कोरोना भ्याक्सिन पाइने 

logo
मो. अरशद शेष राई, 
प्रकाशित २०७७ असोज २९ बिहिबार
saudi-arabia-final.jpeg

साउदी अरेबिया । विगत लामो समयदेखि विश्वजगतमा कोरोना महामारीको कारणले अधिकांश देशहरुमा कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्दै गएका छन् । तर साउदी अरेबियाले कोरोना भाइरसलाई रोक्न तथा फैलिन नदिन हर सम्भव प्रयास गरेपछि यता लामो समयदेखि कोरोना भाइरसका संक्रमित दिनदिनै घट्दै छन् ।

साउदी अरेबियामा अहिले कोरोना भाइरस संक्रमितको संख्या भन्दा उपचारपछि निको हुनेको संख्या दिनदिनै दोब्बर बढी रहेका छन् । साउदी स्वास्थ्य मन्त्रालयले जनाएअनुसार शनिबार साँझसम्म ४ सय ६१ जना नयाँ संक्रमित थपिएकोमा ७ सय ६९ जनाले उपचारपछि कोरोनालाई जितेर घर फर्किएका हुन् ।

नयाँ थपिएका संक्रमितमध्ये साउदी अरेबियाको प्रमुख शहर जद्दा ४९, पवित्र शहर मक्का मुर्करमा ४२, मदिना मुनव्वरा ४०, हाफुफ २९, रियाद २७, हायल २१ लगायत गरी ४ सय ६१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियामा हालसम्ममा कोरोना संक्रमितको जम्मा संख्या ३३ लाख २ हजार ७ सय ९० रहेको छ भने निको हुनेको जम्मा संख्या ३१ लाख ६ हजार ४०५ पुगेको साउदी स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

साउदी अरेबियामा हाल ११,७३० जना सक्रिय संक्रमित रहेका छन् । जबकि १ हजार ३५ जनाको अवस्था गम्भीर रहेको छ जसलाई आईसीयूमा राखेर उपचार जारी छ । 

कोरोना भाइरसको संक्रमणले गर्दा शनिवार ३० जनाको ज्यान गएको साउदी स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

कोरोना भाइरसका कारण साउदी अरेबियामा हालसम्म ज्यान गुमाउनेको जम्मा संख्या ४ हजार ६ सय ५५ पुगेको छ ।

साउदी सरकारले आश्वासन दिएको छ कि यो वर्षको अन्त सम्म कोरोना भाइरसको भ्याक्सिन भेटाउन सकिन्छ जसले गर्दा देश छिट्टै कोरोनामुक्त हुन सक्छ ।

स्मणीय रहोस् साउदी अरेबियामा पूर्ण रूपमा लकडाउन समाप्त भई जनजीवन समान्य बन्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ