arrow

जम्मु काश्मिरको पर्यटन पुरानै स्वरुपमा फर्काउन संगठित प्रयास

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २९ बिहिबार
jammu-world-tourism-day.jpg

श्रीनगर । जम्मु काश्मिर केन्द्र शासित भएसँगै यहाँको पर्यटनको प्रचुर सम्भावनलाई फेरि बढाउने गरि स्थानिय सरकारले काम शुरु गरेको छ। यसका लागि विभिन्न कार्यक्रमहरु पनि तय गरिएका छन्। यसैबीच पर्यटन काश्मिरका निर्देशक निसार अहमद वानीले श्रीनगरको पर्यटक रिसेप्शन सेन्टरबाट गुलमार्गका लागि पदयात्रीहरूको समूहलाई विदाई गरेका छन् । गुलमार्गमा ट्रेकिङ घनी ग्लाइडर्स स्पोर्ट्स क्लब र जम्मू कश्मीर हुसेनी स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको हो भने जम्मु काश्मिर पर्यटनद्वारा प्रायोजन गरिएको हो । ट्रेकिङ कार्यक्रमको दौरान, योग सत्र पनि आयोजना हुने जनाइएको छ ।

यस अवसरमा पर्यटन काश्मिरका निर्देशकले गुलमार्ग पर्यटन यात्रुका लागि खुला छ भन्ने सन्देश दिन काश्मिरमा धेरै गतिविधिहरू सुरु गरेको र प्रशासनले कोभिड-१९ सुरक्षाका उपायहरु अवलम्बन गरिएको बताएका छन् । कार्यक्रममा एमडी घनी ग्लाइडर्स स्पोर्ट्स क्लब तारिक रशीद घनी पनि उपस्थित थिए । उनले काश्मिर भ्रमणका लागि आवासीय पर्यटकहरूको विश्वास बढाउन स्थानीय पर्यटन महत्त्वपूर्ण छ ।

“यदि हामी स्थानीय पर्यटनलाई प्रोत्साहित गर्छौं । यसले काश्मिर यात्राको लागि खुला छ भन्‍ने सन्देश पठाउँछ । कोरोना भाइरसका कारण बन्द गरिएका पर्यटन गतिविधिहरू भंग गर्न हामीले ट्रेकिङ र योग सेसन आयोजना गरेका छौं,” उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ