arrow

भारतमा निरन्तर घट्दै कोरोना संक्रमित

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
corona-india-test.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन घट्दै गएका छन् । कोरोना भाइरसबाट मुक्त हुनेहरु तीव्र रुपले बढिरहेका हुन् । बिहीबार ८ हजार कोरोना संक्रमित मुक्त भएका छन् । यसअघि गत सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २४ हजार कोरोनाका सक्रिय संक्रमित घटेका थिए । 

बिहीबार नयाँ संक्रमित ६० हजार ४१९ जना थपिँदा संक्रमणमुक्त हुनेहरु ६८ हजार २०२ जना रहेका छन् । अन्तर ८ हजारको रहेको छ । भारतमा ७३ लाख ६५ हजार ५०९ जना संक्रमित पुगिसकेका छन् । त्यसैगरी कोरोनामुक्त हुनेहरुको संख्या ६४ लाख ४८ हजार ६५८ पुगेको छ । 

सक्रिय संक्रमितको संख्या घटेर ८ लाख ३ हजार ५३१ रहेको छ । बिहीबार ८३५ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुनेको संख्या १ लाख १२ हजार १४६ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ