arrow

आबेले पहिलो भ्रमण गरेका दुई देश जादै सुगा

logo
एएनआई,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
japan-pm-yoshihide-suga.jpg

टोकियो। जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका छन्। उनको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिए।

पहिलो बैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जानुहुने उनले बताए। निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो बैदेशिक भ्रमण यिनै दुई देशमा गरेका थिए।

जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उनले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाएका हुन्। जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेले झण्डै एक बर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रुपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ