arrow

जितेन्द्र र हेमा मालिनीको विवाह, तब भाड्नलाई प्रेमिका लिएर पुगे धर्मेन्द्र

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
hema-malini3.jpg

काठमाडौं । भाजपा सांसद हेमा मालिनी बलिउडमा ड्रीम गर्लको रूपमा परिचित छन् ।  १६ अक्टुबर १९४८ मा जन्मएकी हेमा मालिनी शुक्रबार ७२ औँ जन्मदिन मनाइरहेकी छन् ।  हेमा मालिनी आफ्नो समयमा धेरै सुन्दर थिइन ।  सबैले उनलाई मन पराउथे। उनको नाम धेरै बलिउड कलाकारहरुसंग जोडिएको  थियो। अन्ततः हेमाले धर्मेन्द्रलाई आफ्नो जीवनसाथी बनाइन्।

हेमा मालिनी ११ औं कक्षामा थिइन जब उनले फिल्मका लागि प्रस्ताव आउन थाले। अध्ययन छोडेर उनले फिल्महरूमा करियर बनाउने सोच राखिन्। १९७४ को क्रममा धर्मेन्द्रले मात्र नभइ दुई अन्य दिग्गज कलाकारहरूले पनि हेमासँग प्रेम गरे । यी दुई कलाकार संजीव कुमार र जितेन्द्र थिए। हेमा मालिनीलाई धर्मेन्द्र बाहेक जितेन्द्र र संजीव कुमार पनि मन पाउथे साथै विवाह गर्न चाहान्थे। 

संजीव कुमार हेमालाई मनै मन माया गर्थे। संजीव कुमारले आफ्ना बाबुआमालाई हेमा मालिनीसँग विवाहको लागि प्रस्ताव लिएर पठाए। हेमाकी आमाले आफ्नी छोरीको बिहे गर्ने उमेर  नभएको भन्दै प्रस्तावलाई अस्विकार गरिन्। यसपछि संजीव कुमारले उनका साथी जितेन्द्रलाई विवाहको प्रस्ताव लिएर हेमाको घरमा पठाए।

जितेन्द्रले हेमालाई सम्झाए तर हेमाले जितेन्द्रलाई  उनी संजीव मन पराउँछिन् तर विवाह गर्न सक्दिन भनिन्। हेमाको कुरा सुनेर संजीव साह्रै दुखी भए। समाचारका अनुसार यस पीडामा संजीवले रक्सी पिउन थाले। यसकारण, उनको स्वास्थ्य पनि बिगार्न थाल्यो।

संजीव कुमारको प्रस्ताव अस्विकार गरेपछि जितेन्द्र र हेमा मालिनीको सम्बन्ध बढ्न थाल्यो। चलचित्रमा आउनुभन्दा पहिले जितेन्द्रलाई रवि कपुरको नामबाट चिनिन्थे । उनलाई यो नाम वी शान्तारामले दिएका हुन् । कुनै समय हेमा मालिनीसँग विवाह गर्न चहाने बलिउडका जम्पिङ जेक भनिने जितेन्द्रले आफ्नो अभिनय र डान्सिङ स्टाइलबाट लाखौ दर्शकको मन जिते ।

जितेन्द्र पनि हेमालाई माया गर्थे। एक दिन उनले हेमालाई प्रस्ताव गरे। फिल्म 'दुल्हन' को शूटिंगमा जितेन्द्र र हेमाले धेरै समय बिताए। शुटिङ सकिएपछि जीतेन्द्र आफ्ना आमा-बुबासँग हेमाको घरमा पुगे। परिवारका दुबै सदस्यहरू कुराकानीका बिच धर्मेन्द्रको फोन आयो। धर्मेन्द्रले हेमासँग रिसाएर निर्णय लिनु अघि उनलाई भेट्न भने।

जितेन्द्रलाई लाग्यो  हेमाले आफ्नो निर्णय बदल्न अघि सोहि दिन तिरुपति मन्दिरमा विवाह गर्ने निर्णय गरे।  हेमा यसको बारेमा सोच्दै थिइन् फेरी फोनको घण्टि बज्यो। यस पटक जितेन्द्रकी प्रेमिका शोभाको फोन थियो। उनले जितेन्द्रलाई आफ्नो प्रेमलाई धोका दिएर बिहे नगर्न भनिन्। 

सो समय जितेन्द्र र हेमा मालिनीले विवाह गर्ने निर्णय लिएको र उनिहरु चेन्नई पुगेको खबरहरु फैलिएका थिए ।   जितेन्द्रको वर्तमान पत्नी शोभासँग पनि रोमान्स चलिरहेको थियो । यो थाहा पाएसँगै धर्मेन्द्रले शोभालाई लिएर मद्रास पुगेका थिए ।  त्यहाँ जितेन्द्र र हेमा मालिनी अघि शोभाले हंगामा मचाइन् जसकारण जितेन्द्र र हेमाको विवाह हुन सकेन । 

 यस पछि, हेमाको जितेन्द्रसँग विवाह भएन। सन्  १९७६ मा जितेन्द्रले शोभासँग विवाह गरे। यतिमै हेमा र धर्मेन्द्रको प्रेम कथा अपूर्ण थियो। हेमाका बुबाले यस सम्बन्धलाई अनुमोदन गरेनन्। धर्मेन्द्रको विवाह उनीहरूको सम्बन्धमा अवरोध भइरहेको थियो।

सन् १९७६ मा एक पत्रिकालाई दिइएको अन्तर्वार्तामा हेमाले भनेकी थिइन्- उनी धर्मेन्द्रकी पत्नी प्रकाश कौरलाई माया गर्छिन् तर धर्मेन्द्र बिना बाँच्न सक्दैनन्। प्रकाश कौरले धर्मेन्द्रलाई सम्बन्धबिच्छेद दिन अस्वीकार गरिन् । भनिन्छ कि इस्लाम धर्म स्वीकार गरेर धर्मेन्द्रले हेमासँग विवाह गरे। यस पछि दुबैले हिन्दू रीति-रिवाज अनुसार पनि विवाह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ