arrow

संसारभर कति पुगे कोरोनाका मृतक ?

logo
एपी,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
corona-world.jpg

पेरिस ।  महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ । 

कुल संक्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भइसकेको तथ्याङ्क छ ।  विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २२२ जना संक्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

संक्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् । 

अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना संक्रमित भएका छन् भने दुई लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी भारतमा ७३ लाख ७० हजार ४६८ जना संक्रमित हुँदा एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको विवरण छ । 

संक्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोनाभाइरस अहिले फैलिदै विश्वका २१६ देशमा पुगिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ