arrow

“मेरो धर्म, जातजाती जे भनेपति समाज सेवा नै हो” : समाजसेवी शाही

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
रुकुम । म रुकुमको गोतामकोट गाविसको वडा नं. १ मा जन्मेको हुँ । तर अहिले मेरो बसाई भने काठमान्डौंको कुपोण्डोलमा रहेको छ । विभिन्न सामाजिक सँस्थामार्फत समाजको सेवा गरिरहेको छु । अहिले लाइन्स क्लब, बाल गृह महासँघ लगायतका विभिन्न समाजिक सँस्थामा आवद्धपनि रहेको छु । मैले मेरो जन्मभुमिमा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन र शिक्षाको महत्वबारे चेतनाको विकास गराउने उद्धेश्यले केहि भएपनि सानो सहयोग गरौं भन्ने आशाका साथ केहि सहयोग सामग्री वितगरेको छु ।
 
 खासमा म ३ वर्षको हुँदा नै मेरो बुवाको मृत्यु भएपनि म त्यसबेला देखीनै टुहुरोको जिन्दगी बिताउँदै आएको छु । बुवाको मृत्युपछि  रुपन्देही बुटोलमा रहेको मेरो मामाको घरमा बसेर पढे पछि अल्ली ठुलो भएपछि अहिले यहि बस्दै आएको छु । अहिले मैले यहाँ भोलिन्टेर बाल गृह सञ्चालन गरेर यहाँ पनि २३ जना यस्तै टुहुरा बालबालिकाको सेवा गरिरहेको छु । 
 
मैले टुहुरो हुँदा भोग्नुपरेका समस्यालाई ध्यानमा राखेर मैले सधै म जस्तै टुहुरा बालबालिकाको सेवा गर्दै आएको छु । मेरो धर्म, जातजाती जे भनेपति समाज सेवा नै हो । मैले खासगरी बालबालिकाको क्षेत्रमा के गर्नसक्छु त्यो म गर्दै आएको छु । यसै क्रममा तपाईलाई पनि थाहाँछ मैले मेरो जन्मभुमि गोतामकोटमा रहेका अति गरिब, दलित बालबालिका, टुहुरा बालबालिका, अपाङ्ग तथा समाजमा पछाडि परेका वा पारीएका बालबालिकालाई थोरै भएपनि शैक्षिक सामग्री वितरण गरेको छु ।
 
 मैले गोतामकोटमा रहेको ज्ञानोदय मावि चौतारा, सुर्यदय मावि मुलातारा, सरस्वती मावि मिग्री र ब्रमाहादेवि प्रावि रिम्कका करीब १३ सय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छु । मैले यि चार विद्यालयमा रहेका बालबालिकालाई थोरै भएपनि कापि, कलम, स्कुल झोला वितरण गरेको छु । यो विभिन्न व्यक्तिहरुलाई लाग्न सक्छ कसैको सहयोगमा वितरण गरेको छ होला तर मैले यो मेरो जन्मभुमिमा रहेका बालबालिकालाई शिक्षामा केहि सानो भएपनि सहयोग पुगोस भन्ने उद्धेश्यले मेरो आफ्नै व्यक्तिगत लगानीमा सहयोग गरेको हुँ । 
 
यि विद्यालय मध्ये मावि मिग्रीलाई ५० हजार र प्रावि रिम्कलाई २० हजार रुपैयाँ नगद समेत सहयोग गरेको छु । ति विद्यालयमा फर्निचर नभएर विद्यार्थी भाईबहिनीहरु भुइमै पढिरहेको देखे त्यसैले मैले मेरो व्यक्तिगत लगानीमा सानो भएपनि सहयोग गरेको हुँ । यसबाट मलाई लाग्नेछ ति बालबालिकालाई केहि भएपनि शिक्षा पाउनको लागी सानो सहयोग हुनसक्छ । समाजमा रहेका सबै मानिस शिक्षित भएमा मात्र समाज परिवर्तन गर्नसकीने हुँदा सबै मानिस शिक्षाको पहुँचमा पुग्नै पर्दछ ।
 
अहिलेपनि समाजमा धेरै मानिस विभिन्न कारणले गर्दा नियमित शिक्षा लिनबाट बञ्चित भईरहेका छन् । मेरो सानो सहयोगले गर्दा गोतामकोटबा बालबालिका र विद्यालयलाई राहात पुगेको अनुभुति मैले गरेको छु । यसका साथै टुहुरा बालबालिका, अपाङ्ग तथा पिछडीका बालबालिकालाई विद्यालयमा पढन जानुपर्ने हौसाला समेत मिलेको मैले अनुभव गरेको छु । म आगामी दिनमा यि विद्यालयमा सानो भएपनि पुस्तकालय निर्माण गरिदिने योजना बनाएको छु । 
 
विद्यालयमा पुस्तकालय भएमा विद्यार्थिहरुलाई पनि विभिन्न कुरा पढनको लागी महंगोमा किताव किन्नुपर्ने समस्या समधान हुने भएकाले त्यहाँका सरहरुको आशा अनुसार मैले पुस्तकालय निर्माण गरिदिने योजना बताएको छु । खास गरी तीन वटा माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणको लागी पहिलो चरण काम गर्नुपर्ला भन्ने सोचेको छु । (रुकुमको गोतामकोट गाविसमा जन्मेर अहिले काठमान्डौंमा बस्दै आउनुभएको समाजसेवि ललित शाही सँग लोकेन्द्र खनालले गरेको कुराकानीको आधारमा । (शाहीका अहिले आमा, श्रीमती, २ छोरी र १ छोराका साथमा काठमान्डौमा बस्दै आएका छन्।)
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ