arrow

कोरोना भाइरस लागेपछि गुम्यो सुन्ने क्षमता 

logo
बीबीसी,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं। कोरोना भाइरसको महामारीपछि स्वास्थ्यमा कतिसम्म असर पर्न सक्छ भन्नेबारे दिनदिनै आएका नयाँ घटनाले देखाइरहेको छ। बेलायतमा कोरोना भाइरस सङ्क्रमण भएका एक व्यक्तिले आफ्नो श्रवणशक्ति गुमाएको बीबीसीले लेखेको छ।

४५ वर्षीय ती पुरुषले अब कहिल्यै कान सुन्न नसक्ने चिकित्सकहरुले बताएका छन्। कोरोना भाइरस महामारीसँग सम्बन्ध भएको यस किसिमको समस्या पहिलो पटक आफूहरुले देखेको चिकित्सकहरुको भनाइ छ।

दुर्लभ भए पनि फ्लू र अन्य भाइरसको सङ्क्रमण हुँदा अकस्मात् श्रवणशक्ति गुम्न सक्ने पनि बीबीसीले लेखेको छ। नाक, कान र घाँटीका विशेषज्ञ चिकित्सकहरुले बीएमजे केस रिपोर्ट्स जर्नललाई बताएअनुसार समयमै स्टेरोइडयुक्त औषधि प्रयोग गर्न सकिए बिरामीलाई त्यस्तो क्षतिबाट जोगाउन सकिने उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ