arrow

अमेरिका, अष्ट्रेलिया, जापान र भारतको गठवन्धन क्वाडलाई सामुन्द्रीक फिंज भन्ने चीनको कसरी बदलियो धारणा ?

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १ शनिबार
quad-nation.jpg

काठमाडौं। चीनले विदेश नीति र मामिलामा आफुलाई सर्वोच्च ठान्दै आएको छ । तर, आफ्नो हाइपले अरुको जजगर्ने चिनियाँ हाइप भने पछिल्ला दिनमा कमजोर पर्दै गएको छ। यसको एक उदाहरण हो क्वाड। जापान, अमेरिका, अष्ट्रेलिया र भारतबीचको संयुक्त संगठन (क्वाड)लाई चीनले सुरुमा सी फम अर्थात सामुन्द्रीक फिंज भन्ने गरेको थियो। सन् २०१८ को नेस्नल पिपुल्स कांग्रेसकाबेला प्रेस रिलिज गर्दै चिनियाँ विदेशमन्त्री वांग यीले क्वाडलाई एउटा अनौपचारिक  संगठन भन्दै सामुन्द्रीक फिंजको उपमा दिएका थिए।

तर पछिल्लो पटक चारै देशका विदेशमन्त्रीबीच भएको बैठकका बेला चीनले क्वाडलाई इन्डो प्यासिफिक नाटोको रुपमा व्याख्या गरेको थियो । तिनै विदेशमन्त्रीले हालै (अक्टोबर १३)मा मलेसिया भ्रमणका क्रममा क्वाड इन्डोप्यासिफिक नाटोका रुपमा खडा भइरहेको बताएका थिए । यसरी २ वर्षमै चीन क्वाडदेखि सतर्क हुनुपर्ने अवस्थामा आइपुगेको छ । आखिर के कुराले चीनलाई यसरी क्वाडप्रतिको धारणा परिवर्तन गर्न वाध्य बनायो त ?

यसले दुई कुराको संकेत गर्छ । एक क्वाडको संगठित र संस्थागत कदमले चीनलाई होसियार बनाएको छ । अर्को चीनले इन्डो प्यासिफिक शब्दलाई एसिया प्यासिफिक भन्ने गरेका थियो । किनकी इन्डोभन्दा इन्डिया भन्ने निस्किन्छ । तर, अब चीनले इन्डोप्यासिफिक शब्द नै प्रयोग गर्न थालेको छ। सन् २०१८ चीनका लागि विदेशमा प्रभुत्व जमाउने सन्दर्भमा अर्थपूर्ण वर्षका रुपमा रहेको थियो । बेल्ट एण्ड रोड परियोजनाका नाममा त्यति बेला १ सयभन्दा बढी देशमा चीनले आफ्नो विदेश नीति फैलाएको थियो ।

तर, त्यसको २ वर्षको नतिजा, डेब्डट्र्याप डिप्लोमेसी, मानवविरोधी कर्तुत, जालसाजी, एवं दमनजस्ता घटनाहरु पर्दाफास भएसँगै चीनले अहिले कार्यकालकै खराब स्थितीमा रहेको छ। केही वर्षअघि चीनले आफु एक उदाउँदो शक्तिका ठान्दै आएको थियो । गरिब एवं विकासोन्मुख देशहरुलाई सहयोग गर्ने र सँगै विकासको बाटोमा लैजाने जस्ता अवधारणाहरु चीनले अघि सारेको थियो । यति मात्रै हैन्, चीन अमेरिकालाई नै जित्ने रफ्तारमा अघि बढिरहेको थियो ।

तर, सन् २०२० मा चीनको निहित प्रवृतिहरुको पर्दाफास भइसकेको टिप्पणी हुन थालेको छ । पश्चिमाहरुले लगाउँदै आएको प्रविधिको चोरी तथा जासुसी, गरिब मुलुकहरुलाई ऋण दिएर फसाउने र आफ्नो पञ्जामा ल्याउने जस्ता चिनियाँ हकर्तहरु यस बीचमा अझ प्रकट भएको छ। आफुलाई तानाशाही शैलीमा विश्वशक्तीका रुपमा स्थापना गर्न खोजिरहेको चिनियाँ यार्थथ छर्लंग भएसँगै अहिले  विश्वको शक्तिसम्पन्न राष्ट्रहरु चीनविरुद्ध एकत्रित हुन थालेका छन्। चीनले सीमा विवाद, भुमी अतिक्रमण एवं विभिन्न किसिमका अन्य शंकास्पद गतिविधीहरु रचिरहेका बेला अहिले विश्वशक्ती अमेरिका, जापान, अष्ट्रेलिया र भारतले चीनविरुद्ध खडा हुनका लागि क्वाडको विस्तार गर्दै लगिरहेका छन् ।

यीदेशहरुले सैन्य, सुरक्षा, शान्तिलगायतका सबैक्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने र फ्रान्स, बेलायत, एसियन, ईयुलगायतका देशहरुसँग पनि हातमिलाउँदै अघि बढ्ने सम्झौता गरिसकेका छन्। यसबाहेक बहुपक्षीय सैन्य र जलसैन्य अभ्यास गरेर सैन्यबल सशक्त बनाउन समेत क्वाड तयार रहेको छ । आफुमात्रै नभएर आफ्ना सहयोगीदेशहरुलाई समेत यस्ता अभ्यासमा संलग्न गराएर सँगै सहकार्य गर्ने नीति क्वाडले अघि सारेको छ।

केही विज्ञहरुले क्वाड चाँडै नै आधिकारीक रुपमा अघि बढ्ने संकेत गरेका छन् । क्वाड आधिकारीक रुपमा अघि बढ्ने संकेत पाइसकेको चीनले यसलाई इन्डो प्यासिफिक नाटोको उपमा दिएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको बदमासी र तानाशाही विरुद्ध विश्वशान्ति, स्थिरता र सन्तुलनका लागि क्वाड एक ब्रम्हास्त्र बन्ने देखिएको छ।

क्वाडले आधारिक रुपमा संगठित भएर एउटै अवधारणाका मुलुकहरुलाई सदस्य बनाउँदै चीनविरुद्ध विश्लाई सचेत बनाउन आवश्यक रहेको विश्लेषण रणनीतिकारहरुले गरेका छन्। चीनले क्वाडबाट आफुले विश्वमाथि एकछत्र राज गर्न खोज्ने सपना पूरा हुन नदिने संकेत पाएसँगै अहिले चीनले क्वाडको आलोचनात्मक टिप्पणी गर्न थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ