arrow

नाटो सदस्य टर्कीद्वारा रसियन एस-४०० रक्षा प्रणालीको परीक्षण, अमेरिकाको टाउको दुखाई

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १ शनिबार
s400-turkey.jpg

काठमाडौं। टर्कीले केही दिनअघि ब्ल्याक सी आसपासमा एयर क्राफ्ट र पानीजहाजहरुलाई आउँन नदिने घोषणा गरेको थियो। टर्कीको यो घोषणसँगै यो हप्ता उसले हवाई रक्षा प्रणालीको परीक्षण गर्नसक्ने अनुमान गरिएको थियो। यसबीच विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टर्कीले उक्त रक्षाप्रणाली परीक्षण गरेको जनाएका छन्।

आधिकारीक रुपमा टर्कीले जानकारी नदिएपनि त्यहाँको रक्षामन्त्रालयले परीक्षण गरेको कुरा नत स्विकार्ने न अस्विकार गर्ने बताएको छ। टर्कीले यदि उक्त रक्षा प्रणालीको परीक्षण गरेको हो भने यो कुराले अमेरिका र टर्कीबीच टकरावको स्थिती सिर्जना गर्छ। टर्कीले रसियाबाट रक्षा प्रणाली किनेको कुरालाई समर्थन गर्दैन्।

गतवर्ष वाशिंगटनले टर्कीलाई अमेरिकी एफ-३५ फाइटरमा रसीयाको एस-४०० रक्षा प्रणालीलाई परीक्षण नगर्न चेतावनी दिएको थियो। यसबीच शुक्रबार समेत अमेरिकी केन्द्रीय विभागले, यदि टर्कीले रक्षाप्रणाली परीक्षणको प्रकृया अघि सारेको हो भने यसले गम्भीर परिणाम निम्त्याउने जनाएको छ। विभागका प्रवक्ता मोगर्न ओर्टागसले भनेका छन्, ‘यदि टर्कीले एस-४०० परीक्षण गरेको पुष्टि भयो भने, हामीले नाटोको सहयोगी र रणनीतिक साझेदारका रुपमा रहेको टर्कीको गम्भीर निन्दा गर्नेछौं।’

टर्कीबाट सार्वजनिक भएको एक भिडियो रिपोर्टमा टर्कीले एस-४०० को परीक्षण गरेको अनुमान गरिएको छ। ब्ल्याक सी क्षेत्रको आकासमा ठूलो र लामो धुँवाको मुस्लो उडेको देख्न सकिने उक्त भिडियो रिपोर्टले एस-४०० को परीक्षण गरेको हुनसक्ने आंकलन गरिएको छ।

रक्षा विश्लेषक टुरान ओगुजले रोयटर्सलाई भनेका छन्, धुँवाको मार्ग, एङ्गल र रङका आधारमा हेर्ने हो भने एस-४०० मिसाइल नै परीक्षण भएको हुनसक्छ।’ गतवर्ष टर्कीले रक्षाप्रणालीमा जडित राडार परीक्षण गरेको थियो, जसले निकै लामोदुरीबाट आइरहेका लडाकु विमानलाई निशाना लगाउँदै हान्न सक्छ।

टर्कीले हेल्लेनीक एयर फोर्स एफ-१६ लाई समेत एस-४०० को राडारबाट निशाना लगाएको थियो। वहुपक्षिय अभ्यासबाट फर्किरहेको ग्रिसको उक्त विमानलाई निशाना लगाउँदा टर्की झन विवादमा मुछिएको थियो।

टर्कीले सन् २०१७ मा रसियासँग एस-४०० को सम्झौता गरेको थियो। सोही अनुसार पहिलो ४ मिसाइलका ब्याट्रीहरुको गत जुलाईमा टर्कीले आयात गरेको थियो। टर्कीले सुरुमा एस-४०० को अपरेशन अप्रिलबाट नै सुरु हुने बताएको थियो। तर, कोरोनाले गर्दा त्यसमा ढिलाई भएको थियो।

यसै महिना नाटोको महासचिव जेन्स स्टोल्टनबर्गले टर्की भ्रमणका क्रममा, नाटोको आकास र मिसाइल प्रणालीमा रसियन एस-४०० सामेल हुन नसक्ने बताएका थिए। तर टर्कीले चौतर्फी विवादका बावजुदपनि मिसाइल प्रयोगमा ल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ