कात्तिक महिना र आइतबार जन्म हुने व्यक्तिको स्वभाव

ज्यो. हरि पन्त,  प्रकाशित मिति : २०७७ कार्तिक २ आइतबार

कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भए पनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् । मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् ।

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवित्ति र पापी पनि हुने गर्दछन् । यसैगरी आइतबार जन्मिएका भाग्यशाली हुन्छन् । 

उनीहरुको आयु अधिक अर्थात् लामो हुने गर्दछ । कम बोल्ने, यिनीहरुको स्वभाव हुन्छ । कलाकार हुन्छन् सोही पेशामा राम्रो मान सम्मान प्राप्त गर्दछन् । धर्मकर्ममा रुची राख्ने, सबैको खुशी चाहने आइतबार जन्मिएका मानिसको स्वभाव हुन्छ । आइतबार जन्मिएका व्यक्तिले प्रत्येक दिन विहान सूर्यलाई जल चढाउँदा राम्रो हुन्छ ।

नयाँ