arrow

कोरोना भाइरसः घटे संक्रमित, भारतले फेरि उछिन्यो अमेरिकालाई 

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
corona-world.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितहरु लगातार तेस्रो दिनसम्म उत्कर्षमा पुग्दा शनिबार भने घटेका छन् । एकैदिन शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित देखिएका थिए । शुक्रबार एकैदिन मात्रै ४ लाख १२ हजार ९१७ जना संक्रमित थपिएका थिए ।  

बिहीबार त्यो दिनसम्मकै अहिलेसम्मकै बढी ३ लाख ९८ हजार ६०९ जना संक्रमित भेटिएका थिए । यसअघि बुधबार त्यो दिनसम्मकै सबैभन्दा बढी ३ लाख ८२ हजार १३८ जना संक्रति थपिएका थिए । 

शनिबार भने ३ लाख ७२ हजार १२० जना संक्रमित थपिए । ५ हजार ५६२ जनाको ज्यान गयो । 

शनिबार सबैभन्दा बढी फेरि भारतमै संक्रमित थपिएका छन् । लगातार दुई दिनसम्म अमेरिकाले भारतलाई पछाडि पारेको अवस्थामा शनिबार फेरि भारत अगाडि लागेको छ । 

शनिबार भारतमा ६२ हजार ९२ जना संक्रमित थपिँदा १ हजार ३२ जनाको ज्यान गएको छ । अमेरिकामा भने ५४ हजार २३२ जना संक्रमित थपिँदा ६३८ जनाको ज्यान गयो । 

जाडो मौसम बढ्दै जाँदा यो संख्यामा अझै बढोत्तरी हुने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । निरन्तर यसरी संक्रमित बढ्दै जाँदा विश्वलाई नै थप चिन्तित बनाएको छ । 

युरोपेली राष्ट्रहरुमा पुनः संक्रमित बढिरहेका छन् । संक्रमणमुक्त भएकाहरुको रोगसमेत बल्झिएको छ । 

त्यस्तै फ्रान्समा ३२ हजार ४२७, ब्रजिलमा २२ हजार ७९२, बेलायतमा १६ हजार १७१, अर्जेन्टिनामा १३ हजार ५१०, रुसमा १४ हजार ९२२ जना संक्रमित थपिए ।

बेल्जियममा १० हजार १९२, इटालीमा १० हजार ९२५, पोल्याण्डमा ९ हजार ६२२ जना संक्रमित थपिए । कोलम्बियामा ७ हजार १७, जर्मनीमा ४ हजार ९४१ र विश्वकै ३५ औं स्थानमा आएको नेपालमा शनिबार ३ हजार १६७ जना संक्रमित थपिए । 

विश्वभर अहिलेसम्म ३ करोड ९९ लाख ४४ हजार १२६ जना संक्रमित भएका छन् । ११ लाख १४ हजार ५४७ जनाको ज्यान गइसकेको छ भने २ करोड ९८ लाख ८४ हजार १९ जना कोरोनामुक्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ