arrow

सबभन्दा बढी प्रभावित चार देशमा कति पुगे संक्रमित ?

logo
एएनआइ,
प्रकाशित २०७७ कार्तिक २ आइतबार
corona-pakistan1.jpg

वासिङ्टन  ।  विश्वमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । 

उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९५ लाख २ हजार ९०९ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरी ११ लाख ६ हजार ७०५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरी रहेका कुल संक्रमित मध्ये दुई करोड ७१ लाख ४८ हजार ९२७ व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८० लाख ८६ हजार ७८० व्यक्ति संक्रमित रहेका छन् । 

 कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख १८ हजार ८० जनाको मृत्यु भएको छ ।

उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका संक्रमितहरु थपिने गरेका छन् । यद्यपी अमेरिकामा ३१ लाख ९७ हजार ५३९ व्यक्ति कोरोना भाइरस मुक्त भएका पनि विश्वविद्यालय जनाइएको छ ।

कोरोना  भाइरस संक्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७४ लाख ३२ हजार ६८० जना कोरोना भाइरस संक्रमति रहेका छन् भने ब्रांजिलमा ५२ लाख ३०० व्यक्ति कोरोना संक्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १३ लाख ७६ हजार २० जना संक्रमित रहेका छन् ।

 विश्वको तुलनामा संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६५ लाख २४ हजार ५४९ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ