arrow

चीनको सदाबहार मित्र पाकिस्तानले किन गर्‍यो टिकटक प्रतिबन्ध ?

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक २ आइतबार
tiktok.jpg

इस्लामावाद । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ । चीनको सदाबहार मित्र भनिएको पाकिस्तानले भारत, अमेरिकाले प्रतिबन्ध लगाएको केही महिनामा नै चिनियाँ एप टिकटक प्रतिबन्ध गरेको हो। 

'अनैतिक सामग्रीहरू' भएको निष्कर्ष निकाल्दै पाकिस्तानले गत शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको हो । चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिबन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरूको भनाइ छ ।

मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटकमाथि प्रतिवन्ध लगाउनु परेका उनीहरूले बताएका छन् । पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरू परेको उल्लेख गरिएको छ । 

मुस्लिम संस्कार अनुसार महिलाहरूले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरू प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृतिक व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरूले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरूको दाबी छ । भारत तथा अमेरिकाले टिकटकमार्फत आफ्ना नागरिकहरुको विवरण संलकन गर्दै जासुसी गर्नसक्ने भएको भन्दै प्रतिबन्धको घोषणा गरेका थिए । पाकिस्तानले आगामी दिनमा अन्य चिनियाँ एपमाथि पनि प्रतिबन्ध लगाउनसक्ने आँकलन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ