arrow

चीनलाई चक्मा दिदै दक्षिण चीन सागरमा फिलिपिन्स चम्कियो

थाल्यो ग्यास र तेलको अन्वेषण

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
philippines-south-china-sea.jpg

काठमाडौं। उच्च विवादास्पद दक्षिण चीन सागरमा चीनलाई ठूलो झड्का लागेको छ। लामोसमय अमेरिका र चीनबीचको झुकावमा कता रहने भन्ने अन्यौलमा  रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते अन्तत चीनविरुद्ध खडा भएका छन्। अन्तर्राष्ट्रिय रुपमै फिलिपिन्सको अधिकार भएको दक्षिण चीन सागरको पानीमा चीनको ग्याँस र तेल उत्खनन्का लागि अन्वेषणको विरोध गर्न मनिला तयार भएको हो।

दुतेर्तेले दक्षिण चीन सागरमा फिलिपिन्स र चीनबीचको विवादित पानीमुनिको ग्याँस र तेल उत्खनन् गर्नका लागि अन्वेषण गर्न लगाइएको प्रतिबन्ध हटाएका छन्। उर्जा विभागको सिफारिसमा दुतेर्तेले उक्त प्रतिबन्धात्मक निर्णय हटाएका हुन् । यो ठाउँ तेल र ग्यासको सबैभन्दा ठूलो भण्डारमध्येका रुपमा रहेको थियो। मनिलाले अन्वेषणमा रोक लगाएको निर्णय चीनसँग कुनै कुरा नगरेरै हटाएको हो । यसबाट मनिलाले आफ्नो सार्वभौमिकतालाई अर्थतन्त्रमा जोड्न खोजिरहेको देखिएको छ।

चीन र फिलिपिन्सबीच सबैभन्दा उग्र विवादका रुपमा रहेको दक्षिण चीन सागरको रेड बैंक हो। यो ठाउँमा सन् २०११ मा चीनले फिलिपिन्सका ग्याँस र तेल अन्वेषण गरिरहेका पानीजहाजहरुसँग टकराव गरेको थियो। त्यसकारण फिलिपिन्सले सोही ठाउँमा पुन अन्वेषण सुरु गर्नुले चीन भड्किने संकेत गराएको छ।
दुतेर्ते प्रशासनका उर्जा विभागका सचिव अल्फोन्सो कुसीले राष्ट्रपतिको पहलमा ६ वर्ष लामो ग्याँस र तेल अन्वेषणमा लगाइएको रोकलाई हटाउँदै सरकारी सम्झौता भएका कम्पनीहरुलाई आफ्नो कामलाई निरन्तरता दिन निर्देशन दिएका बताएका छन्।

सन् २०१४ मा फिलिपिन्सका राष्ट्रपटि बिनिग्नो अकेनो तेस्रोको निर्देशनमा दक्षिण चीन सागरमा फिलिपिन्सको ग्याँस र तेल अन्वेषण कार्यलाई रोक लगाइएको थियो। त्यतिबेला चीनसँगको विवाद मिलाउनका लागि फिलिपिन्स अन्तराष्ट्रिय कोट हेगको निर्णयको पर्खाइमा रहेको थियो।

त्यसपछि सन् २०१६ मा परमानेन्ट कोर्ट अफ अर्बिट्रेसनले फिलिपिन्सको पक्षमा फैसला गरेको थियो। चीनले एतिहासिक रुपमा आफ्नो दाबी गर्दै आएको उक्त क्षेत्र फिलिपिन्सको भागमा पर्ने अन्तर्राष्ट्रिय अदालतले आदेश दिएको थियो। चीनले भने यसलाई अस्विकार गरेको थियो। पछि सन् २०१६ मै दुतेर्तेले सत्ता हात पारेका थिए। त्यसलगत्तै चीनले दुतेर्तेलोलाई रणनीतिक रुपमा उक्साएर अर्बिट्रेसन अवार्डलाई उपेक्षा गर्न लगाउने र संयुक्तरुपमा सो क्षेत्रमा तेल र ग्याँस अन्वेषण गर्ने नीति अघि सारेको थियो।

यसै अनुसार सन् २०१८मा फिलिपिन्स र चीनले संयुक्तरुपमा ग्याँस र तेल अन्वेषण गर्नका लागि संयुक्त अन्वेषण कार्यसमेत अघि सारेका थिए। यसरी चीनले फिलिपिन्सको सार्वभौमिकतामा आफ्नो पञ्जा घुसाइरहेको थियो। तर, दुतेर्तेको अहिलेको निर्णयले फिलिपिन्सले चीनलाई आफ्नो विशेष आर्थिक क्षेत्रबाट किक हानेको देखिन्छ।

उर्जा विभागका कुसीले शुक्रबार एक पत्रकार सम्मेलनमा बोल्दै फिलिपिन्सले आफ्नै निर्णयमा ग्याँस र तेल अन्वेषणको प्रकृयालाई निरन्तरता दिने भएको र यसबारे चीनलाई कुनै जानकारी नदिएको बताएका थिए।

फिलिपिन्सले यसका लागि संयुक्त राष्ट्र संघको कन्भेसन ल अफ सीको प्रयोग गरेको छ। संयुक्त राष्ट्र संघको सामुन्द्रिक कानुनले कुनै पनि देशले आफ्नो भुमीबाट २ सय माइल टाढासम्मको सामुद्रीक पानीमा वैधानिक एवं आर्थिक कार्यहरु गर्न पाउने उल्लेख छ। तर, चीनले भने यसको उल्लंघन गर्दै आफ्नो दाबी गर्दै आएको छ।

कुसीले भनेका छन्, ग्याँस र तेल अन्वेषण हुन लागेको रेड बैंक र दुई अन्य ठाउँ फिलिपिन्सको हो। तर, चीनले अवैधानिक दाबी गर्दै आएको छ र अहिले पनि चीन चुप रहने छैन् र लेखेरै प्रतिकृया दिनेछ। तर, अब फिलिपिन्स चीनको बदमासी सहने पक्षमा नभएको उर्जा विभागका सचिवले भनेका छन्। हामी हाम्रो अधिकारका लागि खडा हुन्छौं र हामी यो कार्य अघि बढाइरहेका छौं उनले भने।

कुसीले अन्वेषण कम्पनीहरुलाई ५ सय मिटरको सेक्युरेटी बफर जोनले सुरक्षा दिइने बताएका छन्। चीनले यसको सम्मान गर्ने उनको भनाइ छ। फिलिपिन्सको यो कदमले स्पष्ट पारेको छ की उ चीनको अत्याचार सहने पक्षमा छैन्। यसबाहेक फिलिपिन्सले क्वाडलाई समेत समर्थन गरेको छ। अब, फिलिपिन्सले चीनलाई सलामी ठोक्ने नीति हटाएको छ।

यद्यपी फिलिपिन्सले यसरी चीनलाई ब्याक पुस गर्दा समेत चीनले आफ्नो रणनीति अघि सार्न छोडेको छैन्। ब्लुमबर्गका अनुसार चिनियाँ मन्त्रालयका प्रवक्ता जाहो लिजानले, फिलिपिन्स र चीनले दक्षिण चीन सागरमा संयुक्त रुपमा तेल र ग्याँस अन्वेषण गर्ने सहमति गरेको र अब त्यसको अन्तिम चरणमा पुगेको बताएका छन्।

चीनले फिलिपिन्सकै अर्थतन्त्रमा आफ्नो हस्तक्षेप गरिरहेको थियो। तर फिलिपिन्सको अचानकको यो निर्णयलाई अब चीनले बुझ्न सक्नेछैन्। फिलिपिन्सले अन्वेषण गर्न लागेको ठाउँ अन्तर्राष्ट्रिय कानुन अनुसार नै फिलिपिन्सको भुमी हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ