arrow

स्लोभानियामा कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी ‘कर्फ्यू’

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
slovania.jpg

स्लोभानिया। कोरोनाभाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ। देशव्यापी कर्फ्यू रातिमा मात्रै लागु हुने र मङ्लबारदेखि शुरु हुने अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोनाभाइरसको महामारी अत्यन्त नराम्रोसँग फैलिएको समाचारमा जनाइएको छ।

हरेक बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू लागु हुने भएको छ भने ६ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइएने भएको छ । त्यसैगरी कतै हिडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनु पर्ने व्यवस्था गरिएको छ। स्लोभानियामा सरकारले पनि औपचारिक रुपमा देशमा कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको छ।

देशमा सोमबार मात्रै ५३७ जनाका कोरोनाभाइरसको नयाँ संक्रमण पुष्टि भएको छ। कुल दुई हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा त्यति जनामा कोरोनाभाइरसको संक्रमण भएको देखिएको हो।महामारी फैलिन शुरु भएदेखि स्लोभानियामा अहिले पहिलो पटक कर्फ्यू लागु गर्ने घोषणा गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ