arrow

क्यानडामा चीन बिरुद्ध प्रदर्शन

उईगुर समुदायको मानवअधिकार हनन र दुई क्यानेडीयन नागरिक पक्राउको बिरोध

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
anti-chinese-rally-canada.jpg

काठमाडौं। भानकुवर उइगुर एसोसिएसन, क्यानडा भारत फ्रेन्ड्स लगायत विभिन्न ७ संघ संस्थाहरूले उइगुर समुदायका मुस्लिमहरुमाथि चीनले गरेका चरम दमन एवं शोषणका विरूद्ध क्यानडामा प्रदर्शन गरेका छन् । उइगुर समुदायका मुस्लिम नागरिकहरूलाई शोषण शिविरमा राखिएको तथा र उनीहरुको बारेमा अध्ययन गरिरहेका अन्य २ क्यानेडाली नागरिकको रिहाइको माग गर्दै सोमबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म उनीहरुले प्रदर्शन गरेका हुन् ।

भानकुवर आर्ट ग्यालरीबाट सुरु भएको प्रर्दशन चिनियाँ वाणिज्य दुतावाससम्म गरिएको थियो । प्रदर्शनका क्रममा उनीहरुले धार्मिक अल्पसंख्यक एवं उइगुर मुस्लिममाथि चीनले गरिरहेको दमन, अत्याचार र शोषण रोक्न माग गर्दै उनीहरुकव न्यूनतम मानवअधिकारको सम्मान गर्न भनेका थिए ।

क्यानडा इन्डियाका मनिन्दर गिलले चीनले प्रेस स्वतन्त्रता, बोल्न पाउने स्वतन्त्रता लगायतका कुरामाथि दमन गरेको बताए । उनले चीनको तानाशाही प्रवृतिको घोर विरोध गरे । अवतार जोहल, पल ब्रेइच, बालजिन्दर चेमा, प्रमजीत खोस्ला, डा हकम बुल्लार, आशिष मान्रल, माप्रत ग्रेवल, इर्फान राना, साहाइब अली बाजवा सहितका समुदायका अगुवा र अन्य ५ सयभन्दा धेरै व्यक्तिहरु प्रदर्शनमा सहभागी भएका थिए । यद्यपी प्रदर्शनकर्ताहरुले पूर्णरुपमा कोरोना सुरक्षा मापदण्डहरु पालना गरेका थिए । कोरोना भाइरसको महामारीका कारण उनीहरुले सामाजिक दुरी कायम राखेर प्रदर्शन गरेका थिए ।

क्यानडा इन्डिया फ्रेन्ड्सबाहेक क्यानडा तिब्बत कमिटी, तिब्बती कमिटी, फ्रेन्ड्स अफ क्यानडा एण्ड इन्डिया, भानकुवर सोइटटी अफ फ्रिडम, डेमाक्र्यासी एण्ड ह्युमन राइट प्रदर्शनमा सहभागी रहेका थिए ।त्यस्तै  भानकुवर हङकङ पोलिटिकल एक्टिभिस्ट, हङकङप्रति गम्भीर भानकुवरहरु, भानकुवर प्रजातान्त्रिक समर्थन संगठन, भानकुवर उइगुर एसोसिएसनलगायतका संघसंस्थाहरु रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ