arrow

असी रुपैयाँका लागि भाइको हत्या

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
pidit-patni-and-family.jpg

काठमाडौं । पैसाको मुख कति कालो हुन्छ भन्ने उदाहरण भारतको मोतीपुरको एक घटनाले देखाइदिएको छ । बरुराज धाना क्षेत्रका चौकिया गाउँमा भारु ८० रुपैयाँको विवादमा दाइले भाइलाई मारेको छ । 

६० वर्षे बाबुलाल रायले भाइ ५५ वर्षीय कपिलदेव रायलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको हो । विवाद छुट्टाउन गएकी उनीहरुकी आमा सुखिया देवी र मृतककी पत्नी राजकली देवीसहित पाँच जना घाइते भएका छन् । 

घटनापछि हत्या आरोपी दाइ सपरिवार फरार भएको जनाइएको छ । मृतककी पत्नीले मेडिकल कलेज अफ थाना (अहियापुर) मा जाहेरी दर्ता गरेकी छिन् । 

बाबुलालसहित ६ जनाविरुद्ध जाहेरी दिइएको छ । थानाध्यक्ष मुकेश कुमारका अनुसार बयानका आधारमा ६ जनाविरुद्ध मामिला दर्ता गरिएको छ । 

पीडित महिलाका अनुसार शनिबार राति उनका पति ढोकामा बसिरहेका थिए । तीन भाइको पलदारीको पैसा माइलाभाइ उमेशलाई नै मिलेको थियो २४० रुपैयाँ । पैसा बाँटफाँडका क्रममा बाबुलाल र उमेशबीच विवाद हुन थाल्यो । कपिलदेव पनि पुगे । तीन जनाबीच झगडा हुन थाल्यो । 

तब बाबुलालले धारिलो हतियारले कपिलदेवको टाउकोमा आक्रमण गर्न थाले । रक्ताम्य भएर उनी जमीनमा लडे । 

पीडित महिलाका अनुसार जब सपरिवार उनका पतिलाई बचाउन गए तब सबैलाई बाबुलालले घाइते बनाइदियो । 

गम्भीर घाइते कपिलदेवको अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । 

कपिलदेव निसन्तान भएकाले पनि बाबुलालले सधै उनको सम्पत्तिमा आँखा लगाएको बताइन्छ । बाबुलालका तीन बच्चा थिए । 

घटनाको २४ घण्टापछि पनि पुलिस घटनास्थलमा नपुगेको भन्दै स्थानीय आक्रोशित भएका थिए । घटनाकै रात पुलिसलाई जानकारी गराइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ