arrow

चीनमाथि नजर लगाउँदै क्वाड, अष्ट्रेलिया समेतको सहभागितामा अर्को महिना दुई सैन्य अभ्यास

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
quad-military-execise.jpg

काठमाडौं। सन् २००७ यता पहिलो पटक अष्ट्रेलिया बहुपक्षिय सैन्य अभ्यासमा सहभागी हुने भएको छ। इन्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभुत्वका विरुद्ध यी चार देशको संयुक्त संगठन क्वाड खडा भएको हो। त्रिपक्षिण नौसेना अभ्यासका रुपमा सन् १९९२ देखि अमेरिका र भारतबीच हुँदै आएको यो अभ्यासमा सन् २०१५ देखि जापान स्थायी रुपमा सामेल भएको थियो। अहिले आएर अष्ट्रेलिया पनि यो मालाबार सैन्य अभ्यासमा सहभागी भएको हो।

अष्ट्रेलियाका रक्षामन्त्री लिन्डा रेनोल्डसले सोमबार खुल्ला र स्वतन्त्र इन्डो प्यासिफिकलाई समर्थन गर्दै आफूहरुले सैन्य अभ्यासमा सहभागी हुन थालेको बताएका छन्। चीनको बढ्दो अवैधानिक कार्य विरुद्ध ४ देशहरु खडा भएका हुन्। त्यस्तै भारतीय रक्षामन्त्रीले अरेब सागर र बंगालको खाडीमा जलसेनाको सैन्य अभ्यास हुने बताएका छन्।

पछिल्ला केही दशकमा चीनले श्रीलंका, म्यानमार, पाकिस्तान र बंग्लादेशलगायतका देशहरुमा आफ्नो प्रभुत्व बढाउँदै आएको छ। यसबीच चीनको यो कदमलाई रोक्नका लागि यि देशहरु एक ठाउँमा आउन लागेका हुन्। भारत र चीनबीच सीमामा विवाद समेत भइरहेका बेला यो वृहत सैन्य अभ्यास हुन लागेको हो। यति बेला क्वाड पनि निकै सक्रिय हुँदै गएको छ। यसबाहेक चीन र अमेरिकाबीच समेत व्यापारिक विवाद बढिरहेका बेला चारैदेशहरु संयुक्तरुपमा अघि बढिरहेका हुन्।

यसबाहेक चीनसँग पूरै विश्व नै आक्रोशित रहेको छ। अष्ट्रेलिया समेत चीनसँग रुस्ट छ। जापानले जापानी कम्पनीहरुलाई चीनबाट अन्त सार्नका लागि अर्बौ रुपैयाँ छुट्याएको छ। गत जुनमा भारत र चिनियाँ सेनाबीच सीमामा ठूलो विवाद भएको थियो। विवादका क्रममा करिब २० भारतीय सैनिकले ज्यान समेत गुमाएका थिए। चीनले आफ्नो तर्फको क्षती नबताएपनि भारतको भन्दा दुई गुणा वढी सैन्य क्षती चीनको भएको भारतले दावी गरेको थियो।

यति नै बेला क्वाडले चिनियाँ प्रभुत्व विस्तारलाई नियन्त्रण गर्नका लागि सक्रियता बढाउँदै लगेको छ। चीनले गरिब र विपन्न देशहरुलाई आफ्नो प्रलोभनमा पारेर त्यहाँ लगानी गरेर आफ्नो देशको स्वायित्व बढाउँन खोज्दै आएको छ। क्वाडलाई औपचारिक रुपमा अघि बढाउनका लागि यस महिनाको शुरुमा टोकियामा चारै देशका विदेशमन्त्रीहरुबीच वार्तासमेत भएको थियो। त्यसक्रममा अमेरीकी विदेशमन्त्री माइक पोम्पेओले चीनको बढ्दो भ्रष्टाचार, दमन र अत्याचारका विरुद्ध एसियाली सहयोगीहरु एक हुनुपर्ने बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ