arrow

खुकुलो लकडाउन भएर पनि संक्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा धेरै : मोदी

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
narendra-modi1.JPG

नयाँ दिल्ली । लचिलो लकडाउन भएर पनि संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । 

उनले भारतमा औसतमा ८८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएको सोमबार जानकारी दिए । लकडाउन लचिलो भएर पनि संक्रमणमुक्त हुनेहरुको यो सङ्ख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको उनको दावी छ ।  

ग्रान्ड च्यालेन्ज एनुयल मिटिङलाई भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतको आकार, विविधता र मात्रा देखेर विश्व सँधै लोभिएको छ ।”

“हाम्रो जनसङ्ख्या अमेरिकाको भन्दा झण्डै झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरु युरोप र एसियाका देशभन्दा बढी प्रदुषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या अत्यन्त कम छ,” उनले थपे ।

प्रधानमन्त्री मोदीले भारतमा संक्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको र संक्रमणमुक्त भएकाहरुका सङ्ख्या पनि उच्च रहेको बताए ।  

उनले भने, “यति धेरै जनसङ्ख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदा समेत संक्रमित भएकाहरुको सङ्ख्या निकै कम रहेको छ । यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।”

मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सवैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दावी गरे ।  “हामीले काम रोकेका छैनौ, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरु हामीले अवलम्बन गरेका छौँ,” उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ