arrow

अर्जेन्टिनामा संक्रमितको संख्या दश लाख नाघ्यो

logo
एएफपी,
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
Argentina_Flag_Brazil.jpg

ब्यूनस आयर्स, अजेन्टिना । अर्जेनिटनामा सोमबारसम्ममा कोभिड-१९ संक्रमितको संख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी संक्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

विवरण अनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  अर्जेनिटनामा संक्रमितमध्ये अहिलेसम्म कूल २६ हजार ७०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।

स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार अर्जेन्टिनामा कूल आठ लाख संक्रमणमुक्त भई घर फर्किएका छन् । 

विश्वमा अमेरिका, भारत, ब्राजिल र रूसपछि धेरै कोभिड-१९ संक्रमित रहेको मुलुक अर्जेन्टिना हो ।

विश्वमा कोरोनाभाइरसका कारण मङ्गलबारसम्म चार करोड ७१ लाखभन्दा बढी व्यक्ति संक्रमित बनेका पुष्टि भएको छ । विश्वभर कोभिड-१९ संक्रमित ११ लाख २३ हजार ८६८ व्यक्तिको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ