arrow

जिहादी बन्न प्रेरित गर्ने पुस्तक पाकिस्तानबाट अफगानिस्तानमा, आईएसआईले पुर्‍याएको आरोप

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
flag-afganistan.jpg

इस्लामावाद । पाकिस्तानको जासुसी एजेन्सी आईएसआईले जिहादमा सहभागि हुन उत्प्रेरित गर्न प्रकाशित गरेको पुस्तक अफगानिस्तानको दक्षिणी प्रान्तमा वितरण गरिएको छ । आईएसआईले  अफगानिस्तानको दक्षिणी प्रान्तका स्थानीय अफगानीहरुलाई जिहादमा सहभागी हुन "उत्प्रेरित" गर्न २० हजार प्रति पुस्तक वितरण गरिएको हो। पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्र तोरखाम क्षेत्रबाट सीमा पार ती पुस्तक पठाइएको सुरक्षा स्रोतहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। अन्य अफगान प्रान्तहरु पनि उक्त पुस्तकहरु वितरण गरिएको मिडिया रिपोर्टमा उल्लेख छ। 

यसभन्दा पहिले उत्तरी र मध्य प्रान्तहरूमा प्रान्तीय कर्मचारीहरू र स्थानीयहरूलाई रोजगार छोड्न र तालिबानको साथमा जानको लागि पत्रहरु वितरण गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष क्रिसमससम्ममा सबै अमेरिकी सेना फिर्ता लिने कुरा गरेपछि पछिल्लो घटनाक्रम विकास भइरहेको हो । सन् १९९० को दशकमा पाकिस्तानले तालिवानलाई समर्थन गरेको थियो र  तालिवान सरकारलाई मान्यता दिने थोरै देशहरूमध्ये एक पाकिस्तान थियो ।

इन्ट्रा अफगान वार्ताका अफगान सरकारका वरिष्ठ वार्ताकारले अफगानिस्तानमा सन् १९९० को कुनै पनि कुरा नसमेटिने बताएका छन् ।  उनले भने, "अर्को महिना वा केहि महिनामा अमेरिका अफगानिस्तानबाट हट्नेछ र उनीहरुले सैनिक स्थितिबाट फाइदा लिन सक्ने हिसाब गलत हुनसक्छ ।"

यसैबीच, अफगान सेनाले ४७७८ आईईडीहरू पत्ता लगाइ निष्क्रिय पार्न सफल भएको छ, जुन अराजकता फैलाउन तालिबानले प्रयोग गरेको थियो । आईइडीहरूमा प्रयोग हुने अमोनियम नाइट्रेट र सेतो फस्फोरसको स्रोत पाकिस्तान रहि आएको छ ।

अफगानिस्तानका अधिकारीहरूले यो कुरा पाकिस्तानी समकक्षीहरूसमक्ष उठाउँदा उनीहरूले यस विषयमा अनुसन्धान गर्ने आश्वासन दिएका थिए । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युनेमा) का अनुसार दक्षिणी अफगानिस्तानमा पीडित धेरैजसोलाई सरकार विरोधी तत्वहरूले प्रभावकारी विस्फोटक उपकरणहरू (आईईडी) प्रयोग गरेर प्रभावित गरेका छन् ।

भारतीय मिडियाहरुका अनुसार पाकिस्तानको आईएसआईले तालिम दिएका करीव ५० अफगानी आतंककारीहरुलाई भारत प्रवेश गर्न भारत पाकिस्तान सीमामा पठाएको छ । अफगानिस्तानको नेतृत्व र अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मयी खलीलजादसँगको वार्तामा नयाँ दिल्लीले पाकिस्तानले अफगान क्षेत्रलाई भारत बिरूद्ध आतंकवादी तालिम दिन प्रयोग गरिरहेको विषय उठाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ